सिटी एक्सप्रेस र प्रतिष्ठानको सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ प्रदान

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९’ प्रदान गरिएको छ । 

सो सम्मान गायनतर्फ बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ बरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार रु ५०,००१ सहित प्रदान गरिएको हो । 

Advertisement

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबला बादक बिपी सिंहलाई प्रदान गरिएको छ । २५ हजार रुपियाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । 

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका हुन् । 

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिंदै आएको छ ।
 

Advertisement

Advertisement