दुई करोड ३३ लाखले घट्यो नेपाल टेलिकमको खुद नाफा, कारण यस्तो छ

Advertisement

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल टेलिकमको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपियाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा  २७ करोड ३४ लाख ६६ हजार रुपियाँ छ । यसरी हर्दा टेलिकमको कुल संचालन आय ३.०९ प्रतिशतले  घटेको हो ।

Advertisement

गत आर्थिक वर्षको चैत्र मसान्तसम्म कम्पनीको कुल आय  ३२  अर्ब ५३ करोड ६७ लाख २९ हजार रुपियाँ रहेको थियो भने यसपालीको चैत मसान्तसम्ममा कुल आय ३३ करोड २० लाख ८५ हजार रुपियाँ पुगेको छ । उक्त आय २.०६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा नेपाल टेलिकमको खुद नाफा पाँच अर्ब ४३ करोड ५३ लाख ४६ हजार रहेको थियो भने यसपालीको चैत मसान्तससम्ममा दुई करोड ३३ लाख ७१ हजारले कमी भई पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपियाँ कायम भएको छ ।

 टेलिकमले आफ्नो नाफा घट्नुको पछाडि कार्य संचालन आयमा बढ्न पुगेको, सेवाको प्रयोग पनि बढेको र अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसारअन्तरआवद्धता शुल्कमा कमी आएको जनाएको छ ।

त्यस्तै, बैंकको ब्याजदरमा भएको परिवर्तनका कारण पनि वित्तीय आम्दानीमा असर परेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

Advertisement

Advertisement