यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले गरे सगरमाथाको सफल आरोहण

Advertisement

काठमाडौं । यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

उनले आज बिहान सगरमाथाको सफल आरोहण गरेका थमसेर्कु ट्रेकिङ कम्पनीले जानकारी दिए । 

Advertisement

शेर्पाले विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखरमध्ये सगरमाथाबाहेक बाँकी आरोहण गरी सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । 

सगरमाथाको सफल आरोहणसँगै माउन्ट कार्स्टेन्जसहित सबै शिखरहरुको मुख्य चुचुरो (रियल समिट) गर्ने उनी पहिलो नेपाली बनेका छन् । 

शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल (६,९६२ मिटर) अकोनकागुवा र अफ्रिकाको (५,८९५ मिटर) अग्लो माउन्ट किलिमन्जारो र यूरोपको (५,६४२ मिटर) अग्लो माउन्ट एल्ब्रस, अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर), इन्डोनेशियाको अग्लो (४,८८४ मिटर) कास्र्टेन पिरामिड चढिसकेका छन् । 

यती ग्रुप (यति एयरलाइन्स र तारा एयर कम्पनी) का अध्यक्ष समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी उनी नेपालको पर्यटन क्षेत्रका ठूला उद्यमीका रूपमा चिनिन्छन् ।

Advertisement

Advertisement