शेयर बजार उकालो चढ्दैः कारोबार रकम पनि बिस्तारै बढ्दै

Advertisement

काठमाडौं । गत साता लगातार तीन दिन बढेको शेयर बजार आज पनि उकालो लागेको छ । बजार बढेसँगै कारोबार पनि बढोत्तरी भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८८ अंकले बढेको हो । ०.३१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८८३.२० अंकमा पुगेको छ । 

Advertisement

आज २७३ कम्पनीका ४८ लाख २८ हजार ७ सय ७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७ सय ३१.५३ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन राष्ट्रिय बीमा कम्पनी, आत्मनिर्भर लघुवित्त, सनराइज फोकस्ड इक्वीटी फण्ड, पोखरा फाइनान्स लिमिटेड र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ७.८०, ६.१६ र ५.५७ प्रतिशतले नाफा कमाएका छन् । आज सबैभन्दा बढी आदर्श लघुवित्तका लगानीकर्ताहरुले ६.५६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड १७ लाख ६५ हजार ४ सय ८०.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बढी कारोबार भएका पाँच कम्पनीमा शिवम्सहित राष्ट्रिय बीमा कम्पनी, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष र नेपाल दूरसञ्चार कम्पनी छन् । 
 

Advertisement

Advertisement