पशुपतिमा जलहरी नक्कली राखेको बारे भोलि छानविन गरौंला भनेर हामी मान्दैनौंः शाही

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पशुपतिको जलहरी नक्कली राखेको प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । 

शुक्रबार संसदबाट बाहिर निस्किने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए । शाहीले भने, ‘त्यो सुन हो कि पित्तल हो ? भन्नेकुरा छानबिन समिति गठन गर्नुपर्छ । र सरकारले आजै जवाफ दिनुपर्छ । हाम्रो धारणा के हो भने समिति गठन हुनुपर्यो । यो विषयवस्तु टुंगिएको छैन् । यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो ? त्यो सरकारले जवाफ दिनुपर्छ ।’ 

Advertisement

उनले थपे, ‘समिति गठन गरेर हुन्छ कि ? संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? यो धार्मिक आस्था माथिको प्रहार पनि हो । सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ । प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ ।’

शाहीले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताए । 

Advertisement

Advertisement