लक्ष्मीसँगको मर्जर प्रस्ताव पारित गर्न सनराइज बैंकले बोलायो साधारण सभा

Advertisement

काठमाडौं । सनराइज बैंकले १५औँ वार्षिक साधारणसभा असार ३ गते हुने भएको छ । 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट साधारण सभा गर्ने निर्णय गरेको हो ।  

Advertisement

उक्त साधारण सभाले लक्ष्मी बैंकसँगको मर्जर प्रस्ताव पारित गर्नेछ ।  

यी दुई बैंकबीच १ः१ शेयर अनुपातमा मर्जर सम्बन्धी अन्तिम सम्झौतामा आइतबार हस्ताक्षर भएको थियो । 

वार्षिक साधारणसभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय पनि भएको हो । 

लक्ष्मी बैंकको साधारण सभा भने यसअघि नै भइसकेको छ । तसर्थः उक्त बैंकले विशेष साधारण सभा मार्फत मर्जर प्रस्ताव पारित गर्नेछ ।  

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो १ः१, सीईओमा शाह

Advertisement

Advertisement