टेलिकमको गणतन्त्र लक्षित अफर: भ्वाइस र डाटा दुवैमा भारी छुट

Advertisement

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकलाई छुट दिने भएको छ। टेलिकमले आफ्ना ग्राहकहरुलाई जेठ १४ देखि १६ गतेसम्म छुट दिने भएको हो ।

उक्त अफर अनुसार ग्राहकहरुले ४९ रुपियाँमा एक दिनसम्म चल्ने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमका नेटवर्कभित्र १०० मिनेटसम्मको अननेट भ्वाइस सेवा उपयोग पर्न पाउने छन् ।

Advertisement

साथै, ग्राहकहरुले जम्मा ९८ रुपियाँमा तीन दिनसम्म प्रयोग गर्न मिल्ने ६ जीबी डाटा, १ सय ९९ रुपियाँमा सात दिनसम्म प्रयोग गर्न मिल्ने १३ जीबी डाटा, २ सय ९४ रुपियाँमा १० दिनसम्म प्रयोग गर्न मिल्ने २० जीबी डाटा र तीन सय ९९ रुपियाँमा १५ दिनसम्म प्रयोग गर्न मिल्ने ३० जीबी डाटा ग्राहकहरुका लागि ल्याएको छ । 

उक्त अफर खरिद गर्न चाहने ग्राहकहरुले आफ्नो मोवाइलमा स्टार १४१५ स्टार ११ ह्याज डायल गर्नु पर्ने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् । 

Advertisement

Advertisement