देशभर ५३ विमानस्थल, तर जम्मा ३३ सञ्चालनमा, ठूला होटलमा जम्मा ५३९ बेड थप्पिए

Advertisement

काठमाडौं । देशभर ५३ विमानस्थल रहे पनि सञ्चालनमा भने जम्मा ३३ वटा मात्रै रहेको सरकारी तथ्यांकले देखाएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार कालोपत्र भएका विमानस्थलहरु समेत सञ्चालनमा आउन नसकेको देखिएको छ । 

देशभर कालोपत्रे भएका विमानस्थल नै ४१ वटा रहेका छन् । पछिल्लो समयमा मानिसहरु हवाई यात्रातर्फ बढी आकर्षित हुँदै आए पनि हवाई पूर्वाधारको राम्रो र भरपर्दो पूर्वाधार विकास हुन नसक्दा र जहाजहरु दुर्घटना हुने तथा प्राविधिक समस्या आइरहने समस्याका कारण यात्रुहरु ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था सिर्जना हुन सकेको छैन् । 

Advertisement

त्यस्तै, डिलक्ससहितका पाँच तारे होटल २०७८ फागुनसम्म १६२ रहेकोमा २०७९ फागनुसम्म १७३ पुगेको छ । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटल सहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सख्ंया एक हजार २२८ पुगेको छ । तारेस्तरका होटलमा रहेका शैया (बेड)को सख्ंया ५६० थप भई १६ हजार ३३५ पगुेको छ । 

आर्थिक सर्वेक्षणअनुसार होटलबाहेक पर्यटकस्तरीय डिलक्स÷लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैया (बेड)को सख्ंयामा चालु आर्थिक वर्षको फागुनसम्म चार हजार ३९३ ले वृद्धि भई ३७ हजार ३० पगुेको छ । समीक्षा अवधिमा साना र ठूला क्यासिनोको संख्या चार वटा थप्पिएर २८ पुगेको छ । 

२०७९ असारसम्म ट्राभल एजेन्सी तीन हजार ८०१, ट्रेकिङ एजेन्सी दुई हजार ८२१ र रयाफ्टिङ एजेन्सी ८७ दर्ता भएकोमा फागुनसम्म ट्राभल एजेन्सी चार हजार ५७, ट्रेकिङ एजेन्सी दुई हजार नौ सय र रयाफ्टिङ एजेन्सी ८८ पुगेको छ । समीक्षा अवधिमा ८५ पर्यटक यातायात सेवा व्यवसाय दर्ता भएका छन् भने टुर गाईडको संख्या चार हजार ६६५, ट्रेकिङ गाईड १९ हजार ५३४ र रिभर गाईडको जारी भएको अनुमतिपत्र ३८७ पुगेको छ ।
यसबीचमा गौतम बुद्ध अन्त्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भई व्यवसायक उडान शुरु भए पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन् । नेपालमा अन्तर्राष्ट्रिय उडान भने वायसुेवाको संख्या ३२ रहेको छ । 

नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी पर्यटकहरूको भ्रमण गराउने लक्ष्य लिए पनि स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक वार्षिक औसत सात लाख ३४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसको कारण कोभिड महामारी भएको जनाइएको छ । 

सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन सख्ंया क्रमशः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार ८ ६९ पुगेको छ ।
 

Advertisement

Advertisement