क्षयरोग मुक्त नेपाल अभियानका लागि १ अर्ब १५ करोड बजेट

Advertisement

काठमाडौं । क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि १ अर्ब १५ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमा  अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैयामा विस्तार गरि पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने जनाएका छन् ।

Advertisement

सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि बजेटमा ४६ करोड विनियोजन समेत गरिएको छ ।

Advertisement

Advertisement