आन्तरिक राजश्वले पूँजीगत लाभकरबारे प्रष्ट पारेपछि दोहोरो अंकले बढ्यो शेयर बजार

Advertisement

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । कारोबार रकम पनि साढे १ अर्ब माथि छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.५४ अंकले बढेको हो । ०.८९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८६६.३४ अंकमा पुगेको छ । 

Advertisement

आज २७२ कम्पनीका ६१ लख २८ हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोठ ४६ लाख ४८ हजार ९ सय २२.३४ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार बढेको दिन आज जोशी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.९४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी सनराइज फोकस्ड इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६ प्रतिशतले घाटा व्यहोरेका हुन् ।

आज पनि प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको २३ करोड २१ लख ३४ हजार ५ सय ७९ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

आगामी आवको बजेट सार्वजनिक भएको अघिल्लो दिनबाट बजार घट्न थालेको थियो । बजेट सार्वजनिक भएपछि आर्थिक विधेयक २०८० को दफा २९ प्रति लगानीकर्ताहरु सशंकित भएपछि बजार ह्वात्तै घट्यो । यसबारेमा आन्तरिक राजश्व कार्यालयले स्पष्ट पारेपछि बजार आज उकालो लागेको हो ।

साताको पहिलो दिन आइतबार बजार १७.३८ अंकले घट्दा १ अर्ब ५४ करोड ६५ लाख ४१ हजार १९।४० रुपियाँ, मंगलबार ५३.१६ अंकले बजार घट्दा २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८ सय ४४.६१ रुपियाँ र हिजो बुधबार ३८.८३ अंकले बजार घट्दा २ अर्ब ३१ करोड ५१ लख ६९ हजार ५ सय ७१.९४ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण  बजार बन्द रहेको थियो । 

‘आर्थिक ऐनको बुँदा नं. २९ छुट सुबिधा हो, केही लगानीकर्ताद्वारा बजार घटाएर लाभ लिने प्रपञ्च !’

 

Advertisement

Advertisement