पूँजीगत लाभकरमा सरकार ‘ब्याक’ भएपछि ह्वात्तै बढ्यो शेयर बजार, १ अर्ब ६५ करोडको कारोबार

Advertisement

काठमाडौं । पूँजीगत लाभकरका विषयमा शेयर लगानीकर्ताहरुको माग सम्बोधन गर्न अर्थमन्त्रालय तयार भएपछि आज शेयर बजार ह्वात्तै बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.०३ अंकले बढेको हो । २.८४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९१९.३७ अंकमा पुगेको छ । 

Advertisement

आज २७० कम्पनीका ४५ लाख ५७ हजार १ सय ६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त, ग्लोलब आईएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल र माहुली लघुवित्तका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । यी छ कम्पनीका लगानीकताहरुले क्रशमः १०, ९.८७, ९.८०, ९.६२, ९.६२ र ९.१० प्रतिशतले नाफा कमाएका हुन् । आज आईसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १.९६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आईसीएफसीसहित १६ कम्पनीको शेयर मूल्य घट्दा बाँकी कम्पनीको मूल्य भने बढेको छ । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ८१ लख ५४ हजार २ सय ३८.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

शेयर बजारमा करमा भारी वृद्धि गर्ने सरकारको प्रयास विफल, अर्थमन्त्री पछि हटे 

Advertisement

Advertisement