कर्पाेरेट राशिफलः आज (जेठ २८) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको २८ गते आइतबार, आषाढ कृष्णपक्षको अष्टमी तिथि ।

मेष 
पेशागत जीवन औसत रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ । दाम्पत्य जीवनमा चर्काचर्की हुने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा कठिनाईमा पनि सँहालिन सकिने छ । रिस भने कडा उठ्ने छ । साझेदारीमा गरिएका काममा समस्या आउने छन् । मनमा दुविधाका क्रम एक पछि अर्काे आउने भएकाले निर्णय प्रकृयामा ढिलाई हुने छ । 

Advertisement

वृष
पेशागत जीवन सकारात्मक रहने छ । साथै आम्दानीमा पनि केही बृद्धि हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । परिवारको साथ र माया पाइने छ । बौद्धिकस्तरमा बृद्धि हुने हुँदा बौद्धिक छवि बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्या देखा पर्ने छ ।

मिथुन 
पेशागत जीवन औसत खालको रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । शितल खालको व्यक्तित्व हुँदा हुँदै पनि कमजोर खालको व्यक्तित्व पनि देखने हुँदा अरुले कम आँकलन गर्ने छन् । भाग्यको साथ नरहेकाले कार्य सफलतामा ढिलाई हुने छ । परिवारको साथ रहने हुनाले कठिनाईमा संहालिन मद्धत पुग्ने छ ।

कर्कट
पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । प्राप्त गर्नुपर्ने आम्दानीका स्रोतबाट पैसा प्राप्त हुन अवरोध हुने छ । शेयर बजारबाट औसत खालको रहने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद तथा असमझदारी आउने भएकाले सतर्क रहनु नै बुद्धिमानि हुने छ । अध्यन अध्यापनमा भने तिब्रता आउने छ । परिवारमा पनि बेमेल हुने छ । 

सिंह
पेशागत जीवनमा समस्याहरु देखा पर्ने छन् । पेशागत क्षेत्रमा सहकर्मीहरु बीच आरोप प्रत्यारोपको अवस्था आउने भएकाले सतर्क रहनु होला । शेयर बजारमा धेरै जोखिम लिन मिल्ने देखिँदैन् । मनमा उदासिनताले सताउने छ । कृषि क्षेत्र र पशुपालन जस्ता प्राकृतिक पेशामा रहेकाहरुलाई समय धेरै प्रतिकुल रहने छैन् ।

कन्या
पेशागत जीवन औसत खालको हुुँदाहुँदै पनि मनमा भने पेशागत विषयमा सन्तोष हुने छैन् । शेयर बजारबाट लाभ हुने छैन् । कर्मशिलता भने बृद्धि हुने छ भने कमाईको मात्रामा पनि केही बृद्धि भने देखिने छ । भाग्यको साथ नरहेकाले मेहनत अनुसारको फल प्राप्ति भने हुने छैन् । दाम्पत्य जीवनमा केही कटुताको अवस्था आउने छ । 

तुला
पेशागत जीवनमा अस्थिरताको सामना गर्नु पर्ने छ । शेयर बजारमा गुमाउने अवस्था आउने छ । कमजोर खालको व्यक्तित्व हुने र आफैमा पनि हिनताबोधको आभाषले गर्दा आँट आउने छैन् । ब्यक्तित्वमा देखिने गिरावटले गर्दा अरुले कम आँक्ने र हेप्ने छन् । शारीरिक कमजोरीहरु देखा पर्दा आलस्यता छाउने छ । 

वृश्चिक
पेशागत जीवनमा भने केही समस्याहरु आउन जाने छ । आम्दानीमा पनि गिरावट आउँदा पारीवारिक आर्थिक व्यवस्थापन दबाब उत्पन्न हुन जाने छ । शेयर बजारबाट लाभ मिल्ने छ । अध्ययन अध्यापन प्रति मन केन्द्रीत हुने छ । भाग्य बलियो भएकाले कार्य सफलता प्राप्त हुने छ । आँटिलो व्यक्तित्व हुने छ । सामाजिक जीवनमा रहेकाहरुको हकमा सतर्क रहनु पर्ने समय छ । 

धनु 
पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । जे जस्तो अवस्था छ, त्यसप्रति मनमा सन्तोष हुने छ । व्यक्तित्वमा भने दुविधात्मक चरित्र देखिने हुँदा अरुले पनि आशंकाको दृष्टिबाट हेर्ने छन् । अध्ययन अध्यापनमा रुचि लाग्ने छैन् । परिवारमा शान्ति र सन्तोषको अवस्था आउने छ ।

मकर 
पेशागत जीवनमा अवरोधहरुको सामना गर्नुपर्ने छ । आम्दानीमा पनि गिरावट आउने हुँदा मनमा तबाब र असन्तोषले सताउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । परिवारमा तनाव उत्पन्न हुने छ । मनोबल र शारीरिक कमजोरीले सताउने छ । स्वास्थ्य सम्बन्धी समस्याले च्याप्ने र अस्पतालको खर्च बढाउने छ । आफन्तहरुबाट अपेक्षाकृत मद्धत मिल्ने छैन् ।

कुम्भ 
रोजगारी तथा व्यवसाय दुबै क्षेत्रमा समय अनुकुल रहेको छ । शेयर बजारबाट लाभ मिल्ने छ । बोलीको प्रभावमा तिब्र बृद्धि देखिने छ । अरुको मन जित्न सकिने छ । राम्रो प्रगतिमा मनमा सन्तोषको आभाष देखा पर्ने छ । स्वास्थ्यसम्बन्धी विषयमा सतर्क रहनु होला । परिवारमा हासिखुशीको वातावरण हुने छ । 

मीन
पेशागत जीवनमा आफुले खेलेको भुमिकाको कदर हुने छ, अरु प्रभावित हुने छन् । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् । मनमा दृढता बृद्धि हुने छ । बौद्धिकता र तर्कशिलतामा पनि बृद्धि देखिने छ । आफै भित्रको प्रतिष्पर्धात्मक क्षमतामा भने केही गिरावट आउन जाने हुँदा आफै प्रति केही अविश्वासमा कमि आउने छ । कडा खालको व्यक्तित्व हुने हुँदा ख्याल गर्नुहोला । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement