सरकारले भ्याट लगाएका कारण कालिमाटी तरकारी बजारमा प्याजको चरम अभाव

Advertisement

काठमाडौं । कालिमाटी तरकारी बजारमा प्याजको चरम अभाव सिर्जना भएको छ । सरकारले बजेट वक्तव्यबाटै तरकारीमा लाग्दै आएको कर बढाउने निर्णय गरेसँगै बजारमा प्याजको अभाव देखिएको हो । 

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले व्यापारीहरुको मगाएको अवस्थामा प्याज सहजै उपलब्ध हुने भए पनि एकाएक त्यसको माग नै कम हुन गएको बताए ।

Advertisement

करिव एक सातादेखि कालीमाटी बजारका लागि प्याज आयात हुननसकेको उनले बताए । व्यपारीहरुले प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारणले मगाउन नसक्ने अवस्था भएको श्रेष्ठले बताए । 

बजारमा प्याज कहिलेसम्म भित्रिन्छ ? आफूहरुलाई भन्दा व्यापारीहरुलाई बढी जानकारी हुने उनले बताए । कालिमाटी बजारमा भैरहवा नाकाबाट धेरै प्याज आयात हुने गर्दछ । प्याज आयात हुँदा दिनमा ८० देखि सय टन भित्रिने गर्दछ । 

प्याज भारतबाट आयात नहुँदाको अहिलेको समयमा काभ्रे, नुवाकोटबाट नगन्य मात्रामा आउने गरेको कालिमाटी तरकारी बजारले जानकारी दिएको छ । बाहिरी बजारमा प्याज देखिन्छ तर कहाँबाट आएको हो ? जानकारी नभएको श्रेष्ठले बताए । प्याज अभाव हुँदा ग्राहकहरु मर्कामा परेका छन् । 

 

Advertisement