सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुखमा मैनाली नियुक्त

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले सिर्सिया पर्सा​ सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुखमा रामप्रसाद मैनालीलाई जिम्मा दिएको छ । भन्सार विभागमा रहेका मैनालीलाई अर्थमन्त्री प्रकाशरण महतले कार्यालय प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सो कार्यालयमा रहेका प्रमुख जयबहादूर भण्डारीलाई मन्त्रालय तानिएको छ। मैनाली यसअघि रसुवा भन्सार कार्यालय प्रमुख रहेका थिए । उनी हाल विभागको वाइडर एरिया नेटवर्क (वान) सेक्सनमा कार्यरत रहेका थिए । सेक्सनबाट मैनालीले ५ महिनामै ६० करोड भन्दा बढी थप राजस्व राज्यकोषमा जम्मा गरिसकेका छन् ।

Advertisement

मैनाली राजस्व समुहका उपसचिव हुन् । उनी आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख भैसकेका छन् । न्यूरोडमा रहँदा उनले ठूला कर छलि गर्ने व्यावसायीलाई करको दायारामा ल्याएका थिए ।

Advertisement

Advertisement