नेपाली आँपमा कुनै बिषादी छैन्ः विभाग, बेमौसमी फलफूल र तरकारी नखान सुझाव

Advertisement

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको नेपाली आँपमा बिषादीको प्रयोग नरहेको बताएको छ । 

पछिल्लो समय नेपाली बजारमा अखाद्य गुणस्थरहीन आँप तथा फलफूलहरुको बिक्री वितरण भइरहेको चर्चा चलिरहेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले त्यसमा सत्यता नरहेको बताएका हुन् । 

Advertisement

उनले प्रत्येक पटक आँपको गुणस्तर राम्रोसँग परीक्षण हुने भन्दै बजारमा पछिल्लो समय बिक्री भइरहेको आँपमा बिषादी नभएको दावी गरे । बजारमा नेपाली आँपको आपूर्ति सहज भएसँगै भारतीय आँपको बिक्री धेरै कम भएको छ । भारतीय आँपको पनि परीक्षण भएको र बिषादी नरहेको विभागको दावी छ । 

महर्जनले बेमौसमी तरकारी र फलफूल नखान सुझाव दिए । अहिले नेपाली मौसमी आँप आएकाले पकाउन र धेरै दिन बिग्रिन नदिन कुनै प्रकारको विषादीको प्रयोग आवश्यक नपर्ने उनले बताए । महर्जनका अनुसार, विभागअन्तर्गतका १२ वटा नाकामा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट भन्सारले नमुना पठाएर परीक्षण  गरिन्छ । यसरी परीक्षण गर्दा विषादीरहीत पास भएपछि मात्र नेपाली  बजार भित्रिन्छ ।

खाद्य नियमावलीअन्तर्गत फलफूल पकाउन वा कुइन नदिन विषादीको प्रयोग प्रतिबन्ध गरिएको बताउँदै उनले भने, ‘वर्षको ३२० स्थानबाट फलफूल स्थलगत परीक्षण गरिन्छ । फलफूलको सिजन आएसँगै अनुगमन टोलीले भन्सारमा होस् वा बजारमा दैनिकजसो विषादी चेक जाँच गर्दै आएको छन् ।’ 

गएको बैशाखसम्म तरकारी तथा फलफूलहरुमा ५२ हजार नमूना परीक्षण भएको थियो । यसरी  परीक्षण गर्दा विषादी प्रयोग भएको फलफूल नभेटेको बताए । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट परीक्षण गरी मात्र बजार भित्रिने गरेको उनले बताए । भन्सारको नाकाहरुबाट किटनाषक विषादीको वैज्ञानिक प्रविधिबाट परीक्षण गरिँदै आएको छ । आयातित वस्तुहरुमा हालसम्मको परीक्षण गर्दा उपकरणहरुमा यस्तो कुनै विषादी  नदेखिएको महर्जनको भनाई छ ।  

उनने विभागको नियमविपरीत कुनै व्यक्ति वा व्यापारीले यस्तो विषादी प्रयोग गरेको पाइएमा खाद्य ऐनअनुसार पाँच वर्ष कैद र जरिवाना हुने बताए । भन्सार नाकाहरुबाट विषादी परीक्षण गर्दा खान अयोग्य विषादीको प्रयोग भएको फलफूल तथा तरकारी फेला पर्नासाथ फर्काइदिने वा सोही स्थानमा नष्ट गर्नेगरेको महर्जने बताए । 

Advertisement

Advertisement