कर्पाेरेट राशिफलः आज (असार ४) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल असार महिनाको ४ गते सोमबार, आषाढ शुक्लपक्षको प्रतिपदा तिथि ।

मेष
मन भित्रको उत्साहमा कमि आउने छ । खर्चको मात्रा बढ्दा आर्थिक सन्तुलनमा गडबडि आउने छ । स्वास्थ्य अवस्थामा कमजोरी हुने हुँदा विचार पु¥याउनु होला । पेशागत जीवनमा भने औसत रहँदा केही राहत मिल्ने छ । बोलीमा संयमितता कायम राख्नु होला । शेयर क्षेत्रमा केही सुधार आउने छ । 

Advertisement

वृष
एकपछि अर्काे गरि आउने समस्याहरुले आफ्नो जीवनमा थकित अनुभूति हुने छ । आफन्त तथा आफैले भर गरेकाहरुबाट धोकाको हुने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला । आर्थिक दबाब कायम हुने छ । शेयर क्षेत्र औसत खालको हुने छ ।

मिथुन 
आफ्नै रिसले गर्दा बन्न खोजका कामहरु पनि बिग्रने छन् । जीवनसाथिको साथले धेरै भरथेग मिल्ने छ । पेशागत जीवनमा रोजगारी कटौतिको शिकार हुने चुनौति देखिन्छ । मनोबल उच्च रहने भएकाले कसैसँग नदब्ने स्वाभाव हुने छ । मिठो मिठो खाना खाने अवसर मिल्ने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छ । 

कर्कट
आर्थिक क्षेत्रमा लाभ मिल्ने छ । बचत हुने तथा बिबिध क्षेत्रमा लगानी थपिन जाने छ । समाजबाट मान मर्यादा प्राप्त हुने छ । हसिँलो तथा रसिलो स्वाभाव हुने र रमाईलोमा मन केन्द्रीत हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु आउने छन् । शेयर क्षेत्रबाट पनि लाभ मिल्ने छ । 

सिंह
स्वास्थ्यमा अकस्मात समस्या आउने छ । जसले गर्दा दैनिक तालिकामा असर पार्ने छ । आम्दानी मध्यम खालको रहने छ । पेशागत जीवनमा अलि जोश र जाँगरको कमि हुने छ । एकोहोरो स्वाभाव देखिने हुनाले अरुले एकलकाँटे अनुभूत गर्ने छन् । बादबिबादबाट जोगिनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

कन्या
भोज भतेर तथा खानपानका पार्टीहरुमा सहभागि हुन पाइने छ । पेशागत जीवन ठिक नै रहने छ । आम्दानीमा बृद्धि कायम रहने छ । मद्यपान र धुमपान जस्ता विषयमा टाढा नै रहेको उपयुक्त हुने छ । सवारीसाधन सम्बन्धी समस्याले पिरोल्ने छ । शेयर क्षेत्र प्रतिकुल बन्ने छ । 

तुला
आर्थिक अवस्थामा असन्तुलन आउँदा विश्वास गुम्ने छ । कठोर मेहनत गर्दा गर्दै पनि नतिजा आउन ढिलाई हुने हुँदा मन थकित हुने छ । परिवारमा एक अर्कालाई गर्ने सरसहयोगले धेरै राहत दिने छ । पेशागत जीवनमा धेरै जोखिम लिने भन्दा निरनतरता दिने विषयमा अघि बढ्नु नै ठिक हुने छ । शेयर क्षेत्र अनुकुल रहन सक्ने छैन् । 

वृश्चिक
परिवारमा रमाईलो हुने छ । बोलीको प्रभावले गर्दा ठुलाबडाको मन जित्न सकिने छ । पेशागत जीवन सकारात्मक दिशामा केन्द्रीत रहने छ । स–साना स्वास्थ्य समस्याले उल्झन ल्याउने छ, नियमित दैनिकीलाई प्रभावित पार्ने छ । बौद्धिकतामा भने ह्रास आउने छ । शेयर बजार औसत रहने छ । 

धनु 
आरोप प्रत्यारोप, मुद्धा मामिला तथा प्रशासनिक निकाय धाउनु पर्ने जस्ता समस्याहरु आइलाग्ने छन् । बोलीमा संयमितता अपनाउनु होला । आर्थिक अवस्थामा गिरावट आउँदा मानसिक दबाब उत्पन्न हुने छ । पेशागत जीवनमा सकभर मधुर बन्ने प्रयास गर्नु नै उचित देखिन्छ । अध्ययन र अध्यापन क्षेत्रको क्षमताको गिरावट हुने छ । शेयर क्षेत्रमा पनि धेरै जोखिम लिनु उपयुक्त नहोला । 

मकर 
समाजबाट अपजस आउने छ । राम्रो  गर्न खोज्दा खोज्दै पनि अवमुल्यन हुने छ । तर मनोबलमा भने कुनै कमि आउने छैन् । झैझगडाबा वातावरणमा नफस्नु नै उपयुक्त हुने छ । पेशागत क्षेत्रमा विचार गरेर मात्र जोखिमहरु लिनु ठिक हुने छ । दाम्पत्य जीवनमा प्रेम र सद्भाव कायम रहने छ । शेयर क्षेत्र मध्यम रहने छ । 

कुम्भ 
स्वास्थ्यमा सुधार आउने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने हुँदा नयाँ नयाँ क्षेत्रमा लगानी गर्ने सोच बढ्ने छ । व्यवस्थापकीय क्षमताले गर्दा आफ्ना टिमका सदस्यहरुको मन जित्न सकिने छ । निर्णय क्षमतामा सुधार आउने छ । दाम्पत्य जीवनमा एकअर्का प्रति भरोषा र प्रेम बढ्न जाने छ । शेयर क्षेत्र लाभदायी हुने छ । 

मीन
पेशागत जीवनमा संकटको सामना गर्नुपर्ने छ । विशेषगरी कार्यरत संस्थासँग झैझगडाको अवस्था आउने छ । परिवारमा तनाव र दबाब उत्पन्न हुने छ । झैझगडाका अवस्थाहरुबाट सकभर टाढा नै बस्दा उचित हुने छ । मुद्धामामिला तथा आरोप प्रत्यारोपको अवस्था आउन सक्ने भएकाले बोल्दा विचार गरेर मात्र बोल्नु होला । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement