पर्वतारोही चतुर तामाङद्वारा एकै सिजनमा तीन पटक माउन्ट एल्ब्रसको सफल आरोहण

Advertisement

काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा तीन पटक सफल आरोहण गरेका छन् । तीन पटक सफल आरोहण गरी उनले १२४औं पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुग्न सफल भएका हुन् ।  

तामाङले जुन १८ तारिखका दिन रुसी समयअनुसार बिहान ९ बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । यसअघि उनले यही जुन ९ तारिख उत्तर तर्फबाट नवौं पटक माउन्ट एल्ब्रसको सफल आरोहण गरेको कर्पोरेट नेपाललाई सुनाए । त्यसपछि जुन १५ र जुन १८ मा पनि माउन्ट एल्ब्रसको सफल आरोहण गरी उनले १२४औं पटक सफल आरोहण गरेका हुन् ।

Advertisement

सोलुखुम्बु मापिया दुधखोसी गाउँपालिकाका तामाङले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका थिए । उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सय पटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । 

हालसम्म तामाङले सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लागतको सफल आरोहण गरेका छन् । माउन्ट एल्ब्रसे आरोहण गर्नको लागि जुन, जुलाई र अगस्ट महिना उपयुक्त हुने उनले बताए । 


 

Advertisement

Advertisement