बजेटले अथाह सम्भावना भएको सुचना प्रविधि क्षेत्रलाई बेवास्ता गर्योः सांसद वाग्ले

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी (सुचना प्रविधि) क्षेत्रलाई बेवास्ता गरेको बताएका छन् । 

मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन् । नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको वाग्लेले बताए । 

Advertisement

उनले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि यस क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताए । वाग्लेले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको बताए । उनले  नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताए । 

वाग्लेले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताए । उनले नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप लगाए । 

साँसद वाग्लेले आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको बताए । उनले निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको बताए । 

वाग्लेले करिव सात हजार जतिले ट्याक्स तिर्ने गरेको भन्दै १०६ वटा एक्स्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेको जानकारी दिए । उनले फ्रि लेन्सर भएर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेको बताए । वाग्लेले यसरी काम गर्नेहरुको औसत आम्दानी लगभग चार हजार ७२३ डलर रहेको भन्दै प्रतिवर्ष पाँचहजार डलर आम्दानी गरिरहेको उल्लेख गरे । 

स्वर्णिम वाग्लेले अहिले युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत प्रतिव्यक्ति आय पाँच हजार डलरकै हाराहारीमा रहेको बताए । उनले आईटी क्षेत्रमा शुरुवात लेबलमा नै करिव ३ हजार, मध्यम लेबलमा ६ हजार ३९५ र सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ डलर आम्दानी गर्ने गरेको बताए । 

वाग्लेले १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि भएको दाबी गरे । उनले भने, ‘नेपालमा आईटी क्षेत्रको सम्भावना कति छ ? विदेशको काम गर्ने नेपाली कति छन् ? भनेर हामीले निजी क्षेत्रबाट अध्ययन गरेका थियौँ । यसको प्रारम्भिक तथ्यांकहरू सुन्दाखेरि नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने खालको अनुमान गर्न सकिन्छ, । यो नयाँ रूपान्तरणकारी सेक्टरमा हामीले उही झारा टार्ने डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा खुम्चिएका छौँ । तर, जुन रूपान्तरणकारी सम्भावना छ, त्यसबारे हामीले सम्बोधन गरेकै छैनौँ । पर्यटन हाईभ्यालु एग्रिकल्चरका विषयमा धेरै साथीहरुले भनिसक्नु भएको छ । आज आईटीको अथाहा सम्भावनालाई हामी त्यसको भ्याउनै पाउन सकेका छैनौं । खोस्रनै सकेका छैनौं ।’ 

वाग्लेले थपे, ‘हामीले निकालेको आँकडाअनुसार करिव सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छन् । करिब सात हजार जतिले ट्याक्स तिर्छन् । १०६ वटा एक्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेछन् । फ्री लेन्सर हाम्रो भाई बहिनीहरु कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेछन् । उनीहरूको औसत आम्दानी छ लगभग चार हजार ७२३ डलर । प्रतिवर्ष पाँचहजार डलर उनीहरूको आय रहेछ । यो आय चानचुने कुरा हैन । अहिले चर्चामा रहेको युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत आय पनि प्रतिव्यक्ति आय पाँच हजार डलर कै हाराहारीमा हो । इन्ट्रि लेबलमा नै करिव ३ हजार डलर कमाउने,मध्यम लेबलमा ६ हजार ३९५ र आईटी क्षेत्रबाट सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ आम्दानी छ । १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि हो । यति डाइनामिक सेक्टर यहीँ छ । तपाईं हामीसँग चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग यसरी काम गरिरहेको हुन सक्छ । टोटलमा करिव ५१५ मिलियन डलरको आम्दानी गराईरहेका छन् । कम्पनीगत हिसावले २०१  र फ्रि लेन्सरहरुबाट करिव ३१४ मिलियन जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आईटीबाट ६० अर्ब आएको छ । तर हामीले त्यो भ्येयू नै पाएनौं । यसलाई बजेटले रेक्जनाइज गरेको छैन । र्फमलाइज पनि गरेको छैन । २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेका छौं । त्यसैले यो अथाहा सम्भावना भएको क्षेत्रहरुमा उल्लेखिय कदम चालिएन ।’

Advertisement