सरेण्डर ‘फेसन’ जस्तै भयो, साउनसम्म पर्खिनुस्, मेरै पालामा रोक्छुः बीमा प्राधिकरण अध्यक्ष सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आफ्नै पालामा सरेण्डर रोकिने दाबी गरेका छन् । 

उनले कर्पोरेट नेपालसँगको कुराकानीमा बीमामा सक्कली भन्दा नक्कली सरेण्डर बढी हुने गरेको स्वीकार गर्दै उक्त अभिव्यक्ती दिएका हुन् । चालु आर्थिक वर्षका समाप्तीसँगै बीमामा हुने शंकास्पद सरेण्डर पनि रोक्ने उनले बताए । 

Advertisement

अध्यक्ष सिलवालले भने,‘तपाईहरु हेर्नु न बीमा त बीमा गर्नको लागि पो गर्ने हो त, तर यहाँ बीमा भनेको त सरेण्डर गर्नको लागि गरेको जस्तो पो देखिएको छ । बीमा गर्ने भनेको ठूला ठूला जोखिम र भवितव्यबाट आफूलाई जोगाउँन गर्ने हो । तर, अहिले त सरेण्डर पनि फेसन जस्तै भइसकेको छ । अरुले बीमा गरे आफू पनि बीमा गर्ने अनि अरुले बीमा सरेण्डर गरे आफूले पनि बीमामा सरेण्डर गर्ने प्रवृत्ती रहदै आएको छ । हामीले यसमा खोजी पनि गरि रहेका छौं । यही आगामी साउनबाटै हामीले सरेन्डरको मोडेलमा पनि हेरफेर गर्ने तयारी थालिसकेका छौं ।’

उनले सरेण्डरको अवधि बढाउने वा कुन मोडेल अपनाएर कारबाही गर्ने भन्ने बारेमा खुलाउन चाहेनन् । तर, सिलवालले बीमा गरेर अनावश्यक सरेण्डर गर्दा त्यस्ता सरेण्डरमा घाटा लाग्ने अवस्था बनाउन लागेको खुलाएका छन् ।

हाल एक पटक जीवन बीमा गरेपछि बीमितहरुले तीन वर्षको अवधिमा त्यस्ता पोलिसीको सरेण्डर गर्न पाउँछन् । यसअघि बीमा पोलिसी दुई र त्यो भन्दा अगाडि जम्मा एक हप्तामै सरेण्डर गर्न पाइने व्यवस्था रहँदै आएको थियो ।

बीमा प्राधिकरणका अनुसार गत बैशाख महिनामा मात्रै एक अर्ब ३० करोड ८६ लाख रुपियाँ हाराहारीको पोलिसी त्यागिएको (समर्पण गरिएको) छ ।

सिलवालको भनाई जस्ताको तस्तै 
अहिले त सबैभन्दा ठूलो काम मर्जर भएको छ । बीमा कम्पनीको संख्या घट्यो भने उनीहरुको जोखिम बहन गर्ने क्षमता बढ्यो । यही मर्जरसँगै धेरै बाटाहरु खुले । जोखिममा आधारित पूँजीमा हामी जाने भयौं । 

बीमा कम्पनीहरुलाई अब नयाँ नयाँ बीमालेख ल्याउन पनि मर्जर सहयोगी हुने देखिन्छ । बैंकको व्याजमा भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । लगानीको नयाँ बाटो खुलेको छ । 

गाउँ–घरका ससाना आय भएका मान्छेलाई, गरिबलाई बीमाको फाइदा दिन हामीले लघु बीमा पनि ल्याएको अवस्था छ । बीमा प्राधिकरण आफैको पनि शाखाहरु बढेको छ । 

एकै पटकै यति धेरै मान्छेले बीमा बुझ्नु भनेको यो देशकै लागि ठूलो डिपार्चर हो । हामीले उधारो बीमा रोक्न पनि सफल भएका छौं । 

अब त बीमा प्राधिरण अझै बलियो हुनु पर्ने बेला आएका छन् । प्रविधिसँग बीमितलाई जोडेर बीमा गराउनु पर्ने अवस्थामा छ । नयाँ नयाँ बीमालेख पनि आएका छन् । हामीले पशुपक्षि बीमामा पनि किसानहरुको आकर्षण बढाउन सफल भएका छौं ।

मेरै कार्यकालमा सरेन्डर सर्मपणलाई रोक्न मैले प्रयास गरिरहेको छु । 

Advertisement

Advertisement