महानगरले बन्द गराएको शैक्षिक मेला पुन: सञ्चालनमा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ‘कान्तिपुर हिसान शैक्षिक मेला’ आजदेखि पुन:  सञ्चालनमा आएको छ । महानगरलाई उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि  फेरि  सुरु भएको हो । 

मेलामा ७५ वटा शैक्षिक संस्थाहरु समावेश रहेको हिसानका वरिष्ट उपाध्यक्ष तथा हिमालयन ह्वाईट हाउसका प्राचार्य युवराज शर्मा बताए ।  उनले मेला तिन दिन सम्म सञ्चालन हुने  जानकारी दिए । उक्त  अवधिमा एक लाख विद्यार्थी र अविभावकहरुले मेला प्रत्यक्ष तथा लाइभ मार्फत अवलोकन गर्न सक्ने छन् ।  एक हप्ता पछि मेला सञ्चालन गर्दा एक लाख अवलोकनकर्ता घटेको बताए । 

 

Advertisement

Advertisement

Advertisement