कोरिया पठाउन ढिलो गरेको भन्दै भाषा परीक्षा पास गरेकाहरुद्धारा ईपीएस कार्यालय घेराउ

Advertisement

ललितपुर । कोरिया पठाउन ढिलो गरेको भन्दै भाषा परीक्षा पास गरेकाहरुले आइतबार ग्वार्कोस्थित ईपीएस कार्यालय घेराउ गरेका छन् । 

कोरिया गएर फर्किएका उनीहरुले भाषा परीक्षा पास गरेपछि पनि आफूहरुलाई जान दिन ढिलाई गरेको गुनासो गरेका छन् । जान नदिने वा ढिलाई गर्ने हो भने आफूहरुलाई किन परीक्षामा सामेल लगाइएको ? भन्दै उनीहरुले बिना कारण आफूहरुलाई कोरिया जना ढिलाई गरिएको बताए ।  

Advertisement

वैधानिकरुपमा काम गरेर नेपाल फर्किएका आफूहरु भाषा परीक्षामा पास भएपछि पनि लामो समयसम्म लेबर इग्रिमेन्ट जारी नभएको उनीहरुको भनाई छ । पीडितहरुले कोरिया सरकारसँग कुटनीतिक वार्तामार्फत समस्या समधान गर्नुपर्ने बताएका छन् । 

पीडितहरुको घराउका क्रममा अवान्छित गतिविधि हुन नदिन प्रहरी तैनाथ गरिएको थियो । 

Advertisement

Advertisement