ललितपुरले साढे छ अर्बको बजेट ल्यायो, फेरि पनि सम्पदा संरक्षण नै प्राथमिकता

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपियाँको बजेट ल्याएको छ ।

महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आजको नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पूँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार र चालु तर्फ दुई अर्ब ४९ करोड ८४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । 

Advertisement

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

Advertisement