जीवन बीमाशुल्क १ अर्ब ३६ करोडले बढ्यो, ‘आर्थिक मन्दीको प्रभाव आंशिकमात्रै’- सिलवाल

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ४३ करोड ४० रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको जेठ महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्क ९ अर्ब ७ करोड रुपियाँ रहेको थियो । यसरी हेर्दा समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क एक महिनामै १ अर्ब ३६ करोड रुपियाँको हाराहारीमा बढेको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले कर्पोरेट नेपालसँग भने,‘अहिले आर्थिक मन्दीको प्रभाव सबैतिर परेको बेला छ । आर्थिक मन्दीको प्रभाव बीमामा पनि आशिंक रुपमा परेको देखिन्छ । त्यस्तो प्रभाव नपरेको भए यो जीवन बीमा व्यवसाय त अझ धेरै बढ्थ्यो । तर, बीमा गरिसकेका नागरिकहरुले कम्तीमा पनि बीमा आवश्यक छ भनेर निरन्तरता दिनु भएको अवस्था छ यसले पनि हाम्रो तथ्यांकलाई मजबुद बनाएको अवस्था छ ।’

Advertisement

गत जेठ महिनामा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । नेपाल लाइफ एक्लैको बीमाशुल्क  २ अर्ब ७१ करोड रुपियाँ आर्जन भएको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले एक अर्ब ६७ करोड र तेस्रोमा एलआईसी नेपालले १ अर्ब २९ करोड रुपियाँ आर्जन गरेको छ ।

हेर्नुस् कुन कम्पनीको तथ्यांक कति छ ?

 

Advertisement

Advertisement