साउथवेर्ष्टनको मान्यताः लाखौं खर्चिएर विद्यार्थी बाहिर नजाउन, नेपालमै गुणस्तरीय शिक्षा दिउँ

Advertisement

काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको एउटा चिरपरिचित शैक्षिक संस्थाको नाम हो साउथवेर्ष्टन स्टेट कलेज । यो कलेजले आफूलाई अब्बल कलेजहरुको सुचीमा आफूलाई उभ्याउन सफल भएको छ । 

चक्रपथ नजिकै बसुन्धारामा रहेको साउथवेर्ष्टन कलेज विगत १३ वर्षदेखि सञ्चालनमा छ । कलेजसँगै साउथवेष्र्टन बिजनेस कलेज र साउथवेर्ष्टन विद्यालय पनि एकै समूहको लगानीमा सञ्चालित छ । सुरुमा १२९ जना विद्यार्थीलाई पढाएर सुरु भएको यस कलेजमा अहिले सयौं विद्यार्थी अध्ययनरत छन् । 

Advertisement

कलेजका सहायक क्याम्पस प्रमुख हरि सिंह केसी र उनको समूहले संस्थालाई विस्तार गरी अहिलेको अवस्थामा ल्याउन सफल भएको हो । साउथवेर्ष्टनले प्ले ग्रुपदेखि विद्यावारिधिसम्मको कक्षा सञ्चालन गर्दै आएको छ । 

त्यसमध्ये कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी विषयको अध्ययन अध्यायन गर्दै आएको साउथवेर्ष्टनले स्नात्तक तहमा बिबिएम, बिएसडब्लु, बिसिए, बिबिएसको अध्यायन गराउँदै आएको छ । त्यस्तै, स्नातकोत्तरमा एमबिएस, एमए (इङ्लिस) विषयको पढाई हुँदै आएको छ ।

शैक्षिक क्षेत्रमा आमुल परिवर्तन ल्याई गुणस्तरीय शिक्षा भित्राउनुपर्छ भन्ने मान्यता राख्ने हरि सिंह केसीले नेपालमा शिक्षाको धेरै सम्भावना रहेको र विश्व बजारलाई हेर्दा नेपालमा प्रतिस्पर्धा निकै कम रहेको अनुभव सुनाए । 

तर अहिले धेरै शैक्षिक संस्थाहरुमा समस्या देखिन थालेकोमा उनी चिन्तित देखिए । शैक्षिक संस्थाहरुमा लगानी गरेकाहरुले लामो समयसम्म गति सुचारु गर्न नसक्दा समस्या पैदा भएको उनले बताए । यसो हुँदा कलेजहरुमा पनि चुनौती र समस्या देखिएको केसीले बताए । 

एक चिनिया विज्ञको भनाई उदृत गर्दै उनले नेपालीहरु सुनको कचौरा बोकेर भिख माग्न हिंडेको बताए । केसीले पढाई हुने विषय, शिक्षण विधिको शिक्षा क्षेत्रमा ठूलो महत्व हुने बताउँदै सँगै आर्थिक पाटो पनि महत्वपूर्ण रहने बताए । 

कक्षा १२ कक्षाको नतिजा आएपछि विद्यार्थीहरु बाहिर जान खोज्ने प्रवृत्ति बढेको उनले बताए । उच्च शिक्षाका लागि जाँदा विद्यार्थीले ३० देखि ३५ लाख रुपियाँ खर्च गर्ने गरेको बताउँदै केसीले विद्यार्थीहरु बाहिर जाँदा हरेक बर्ष तीन खर्ब रुपियाँ बाहिर जाने गरेको दावी गरे । 

सहायक क्याम्पस प्रमुख केसीले पछिल्लो समय कल्ेज्हरुलाई मर्जरमा जाने कुरा बाध्यता बन्न थालेको गुनासो गरे । शिक्षामा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्ने बताउँदै उनले सरकारले तोकेको छात्रवृत्ति दिन र आफूहरुले विद्यार्थीलाई गर्नुपर्ने सेवामा कुनै कन्जुस्याईं नगरेको बताए ।  

साउथवेर्ष्टनले किन बढी शुल्क लिन्छ ? भन्ने प्रश्नमा केसीले भने, ‘ सरकारले निजी क्याम्पसहरुको लागि शुल्क तोकेको छैन् । हाम्रो कलेज महंगो र सस्तो के आधारमा मान्ने ? सरकारले यती शुल्क लिनु भनेर तोक्नुपर्यो कि त । सुविधा र गुणस्तरको आधारमा कतिसम्म शुल्क लिने ? त्यो मापदण्ड हुनुपर्यो । कलेजअनुसार फरक फरक शुल्क छ । यो गलत हो ।’ 

धादिङबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्रिण गरेका केसीले आईएएससी र बिएससी त्रिचन्द्र क्याम्पसबाट गरेका थिए । एमएससी इन केमेष्ट्री भने त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । पढाइ सक्नासाथ केसी शिक्षक पेशामा लागे । अमेरिका, बेलायत, अस्टेलिया लगायतका धेरै देशको भ्रमण गरिसकेका उनले स्वदेशमै बसेर शिक्षा क्षेत्रमा योगदान दिन विदेशबाट फर्किएर आएको बताए । 

Advertisement

Advertisement