दशैं–तिहारमा याङ्ग्री डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने

Advertisement

काठमाडौं । राजधानी नजिकको हेलम्बुस्थित अमा याङ्ग्रीको डाँडामा पनि प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । आउँदो दशैं र तिहारको बिचमा यो डाँडाबाट व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको हो । 

लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका दावा शेर्पाले यो व्यवसाय सुरु गर्न लागेका हुन् । हेलम्बु ट्राभल्स नामक कम्पनी खडा गरी हेलम्बुमा रिसोर्ट सञ्चालन गर्दै आएका उनले प्याराग्लाइडिङमा पनि हात हाल्ने तयारीमा छन् । शेर्पाको काठमाडौंमा होटल पनि सञ्चालन छ । 

Advertisement

अमेरिकाको २५ वर्षको बसाइपछि सन् २०१६ मा स्वदेश फर्किएका उनले आफ्नै देशमा केही व्यवसाय गर्ने सोंचका साथ पर्यटन क्षेत्रमा लगानी गरेका थिए । शेर्पा पाँचपोखरी–२, सिन्धोपाल्चोकका हुन् । 

कति हुन्छ लगानी ? कस्तो छ तयारी ? 
अमा याङ्ग्री डाँडाबाट व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि आवश्यक पूर्वाधार र सामान खरीद गर्न ३५–४० लाख रुपियाँ लगानी हुने अनुमान शेर्पाको छ । प्याराग्लाइडिङ उडानको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको उनले बताए । शेर्पाले भने, ‘अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणमा अरु प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । त्यो पनि केही दिनमा सक्छौं । प्याराग्लाइडिङ गर्ने स्थान पनि प्राधिकरणले परीक्षण गरिसकेको छ ।’ 

प्याराग्लाइडिङ गराउन आवश्यक सामग्रीहरु खरीदका लागि प्रक्रिया अघि बढिसकेको बताउँदै उनले एक–डेढ महिनाभित्र सामान आइपुग्ने बताए । प्याराग्लाइडिङ उडान र अवतरण गर्ने स्थल तयार भइसकेको शेर्पाले जानकारी दिए । 

प्याराग्लाइडिङ उडान तनि हजार ९४२ मिटर उचाईको याङ्ग्री डाँडाबाट गरिने छ । प्याराग्लाइडिङ उडान गरेर धेरै स्थानहरुमा अवतरण गर्न मिल्ने बताउँदै शेर्पाले थपे, ‘तर प्राधिकरणको नियमअनुसार चाहिं जहाँबाट टेक अफ (उडान गर्ने) गर्ने हो, त्यो ठाउँबाट ल्याल्डिङ (अवतरण गर्ने) ठाउँ देख्नुपर्छ । प्याराग्लाइडिङ उडान गर्ने ठाउँबाट एउटा देख्ने ठाउँ भनेको दक्षिणतिर एउटा गुम्बा छ । गुम्बानिर च्योमुथाङ रिसोर्ट पनि अवतरण गर्न सकिन्छ । मलेम्चीसम्म पनि उडान गरेर अवतरण गर्न सकिन्छ ।’ 

मलेम्चीमा अवतरणको लागि ठाउँ निर्माण गरेका छौं भन्दै उनले अवतरणको लागि ४–५ ठाउँ हेरिसकेको बताए । शेर्पाका अनुसार हेलम्बु क्षेत्रमा पहिला प्याराग्लाइडिङको परीक्षण उडान भए पनि व्यवसायिक उडान भएको थिएन भन्दै आफूले व्यवसायिक उडान गर्न लागेको बताए । 

काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा रहेको यो क्षेत्र प्याराग्लाइडिङ उडान गरेर काठमाडौं फर्किन दुई दिन लाग्छ । उनले भने, ‘हाम्रो कम्पनीको सवारी साधन छ । काठमाडौंबाट गाडीमा गएर याङ्ग्री बेस क्याम्पमा बस्ने, भोलि पल्ट बिहानै डाँडामा जाने र हावाले साथ दिएपछि प्याराग्लाइडिङ उडान गर्ने, सकेपछि गाडीमा काठमाडौं फकिने । यसरी गर्न सकिन्छ ।’  

हामीले जुन ठाउँबाट प्याराग्लाइडिङ उडान सुरु गर्न लागेका छौं, त्यस ठाउँको भूगोल देखेर नै मलाई मनमा त्यहाँ प्याराग्लाइडिङ उडान गर्न सम्भव छ भन्ने लागेपछि प्याराग्लाइडिङ उडान संचालन गर्न सोच बनाएका उनले सुनाए । प्याराग्लाइडिङ उडान संचालनमा ल्याउदा अलिकति भएपनि हेलम्बुको पर्यटन क्षेत्रलाई पनि अलिकति मार्थि लैजान सकिन्छ कि भन्ने भएर पनि यो सोच बनाएको शेर्पाले भने । अमा याङ्ग्री काठमाडौंको नजिकैको पर्यटकीय गन्तव्य हो । आन्तरिक पर्यटकहरुको पनि यहाँ राम्रै चहलपहल रहेको छ । 

अमा याङ्ग्री त्यहाँको एक देवीको रुपमा मानिछ । हेलम्बुमा धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तुपा, झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ । पल्चोकी भगवती माईको ठूलो धार्मिक आस्था रहेको स्थल हो । हेलम्बुको भेकको एउटा संमक्षषको रुपमा मानिन्छ । बौद्ध धर्मीहरु अमा याङ्ग्रीको धर्षणको र आन्तरिक पर्यटकहरु त्यहाँबाट देखिने दृश्यको लागि पनि आउँने गरेका छन् । त्यहाँकाट निकै सुन्दर दृश्य देखिन्छ । अमा याङ्ग्रीको डाडाबाट राति हेरयो भने काठमाडौंको बत्ती बलेको पनि देखिन्छ ।  

उनले थपे, ‘हेलेम्बु एक सुन्दर र धार्मिक ठाउँ पनि हो । यस ठाउँले चर्चा पाउन नसक्नु पनि सरकारले यस क्षेत्रमा ध्यान नगएर पनि हो । सरकारले त्यति चासो पनि दिएको छैन्न् । जुन किसिमको यो ठाउँले चर्चा पाउनु पर्ने हो त्यो पाएको छैन् । यसमा कुरामा सरकारको पनि कमि कमजोर देख्छु । हामी एउटा निजी क्षेत्रबाट जे जति गरे पनि यसमा चाँहि सरकारको पनि थप सहयोग भयो भने अमा याङ्ग्रीको थप चर्चा हुन्छ ।’ अहिले पनि एक्द चचित नै छ । हेलेम्बुको चचित ठाउँ नै हो । आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । त्यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाल लगायतका दुई दर्जनभन्दा बढी हिमालको दृश्यावलोकन गर्न सकिन्छ । हेलम्बु पुग्ने पर्यटकहरुले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न सकिन्छ । 

त्यसैले विभिन्न देशबाट नेपालमा प्याराग्लाइडिङ उडान गर्न आउँने विदेशी तथा आन्तरिक पर्यटकहरुलाई एक पटक हेलम्बुमा पनि प्याराग्लाइडिङ उडान गर्न आउँन आहव गर्न चाहन्छु । नयाँ ठाउँबाट पनि एक पटक अनुभव गरौं, उनले भने । हेलम्बु क्षेत्रलाई एउटा पर्यटक स्थल घोषण गर्ने प्रयासमा छन्, शेर्पा । सोही उद्देश्यले पनि त्यहाँ प्याराग्लाइडिङ उडान संचालनमा ल्याउन लागेको उनले बताए । हेलम्बुमा धेरै तिथ्र स्थलहरु छ । गुरु रेन्पोछेले ध्यान गरेको ठाउँहरु छ । काठमाडौंबाट नजिकको ठाउँ अहिले सम्म पत्ता नभएको धेरै कुराहरु छ, हेलम्बुमा । त्यसलाई पनि पत्ता लगाउन विश्वलाई देखाउन र अझ हेलम्बुमा पर्यटकहरु भित्रिएउन सहयोग मिल्ने छ भन्ने उनको विश्वास रहेको छ । वार्षिक विशेषगरी आन्तरिक पर्यटकहरु २५ सयदेखि तीन हजार सम्म हेलम्बु आउँने गरेका उनले बताए । अहिले हेलम्बु क्षेत्रमा पर्यटकहरुको आगमन निकै बढ्ेको छ ।
 

Advertisement

Advertisement