बैंक तथा वित्तीय संस्थामा निरन्तर आक्रमण भैरहेको छ, सुरक्षा देऊ सरकार !-सिबिफिन

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकासँग सुरक्षाको माग गरेको छ । बैंक तथा वित्तीय संस्थाप्रति निरन्तर आक्रमण भैरहेको भन्दै सिबिफिनले सुरक्षाको माग गरेको हो ।

पछिल्लो समय लघुवित्त तथा बैंकमा कार्यरत कर्मचारीहरुलाई भौतिक रुपमै आक्रमण हुन थालेपछि सूरक्षाको माग गरेको हो । सिबिफिनले विज्ञप्ति निकाल्दै सरोकारवाला सबैको ध्यानाकर्षण गराएको हो ।

Advertisement

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई मानमर्दन गर्ने, काम गर्न असुरक्षित वातावरणको सृजना गर्ने गरेको सिबिफिनको भनाई छ । उसले प्रधानमन्त्री गृहमन्त्री गृह सचिव प्रहरी महानिरिक्षक ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएको हो ।

Advertisement

Advertisement