ओझेलमा परेको पूरानो धार्मिक स्थल बाघभैरवलाई पुनर्जीवित गर्ने प्रयास

Advertisement

काठमाडौं । राजधानीबाट नजिकै रहेको रानीकोटमा बाघभैरवको प्राकृतिक शिला छ । पन्द्र फिट जति अग्लो यो शिला भएको ठाउँमा वर्षमा दुई पटक मेला लाग्ने गर्छ । 

बाघभैरवको प्रकृतिक शिलाको विशेष महत्व रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्न लागेको स्थानीय एक पर्यटन व्यवसायी रामसुन्दर बके बताउँछन् । रानीकोटमा भिलेज हाइल्याण्ड रिसोर्ट सञ्चालन गर्दै आएका उनले यो स्थललाई हिन्दू तथा बौद्ध तीर्थस्थलको रुपमा विकास गर्न सकिने बताए । 

Advertisement

बैशाख र मंसिर पूर्णिमामा मेला लाग्ने बाघभैरवमा तामाङ सामुदाय, बौद्ध धर्माबलम्बी र हिन्दूहरुले पूजा गर्ने गर्छन् । लामा धर्मगुरुहरुका अनुसार बाघभैरव क्षेत्र गुरु रेम्पोछेले ध्यान गरेको ठाउँ पनि हो । व्यवसायी बकेले बौद्ध तीर्थस्थलको रुपमा विकास गर्न आफू पनि लागेको बताए । सो ठाउँको प्रवर्द्धन गर्न सके धार्मिक पर्यटकहरुको आगमन बढ्ने बताउँदै उनले यसबाट स्थानीयको आयआर्जन र रोजगारीमा पनि वृद्धि हुने बताए । 

बकेले भने, ‘हामीलाई पनि बाघभैरवको ऐतिहासिक र धार्मिक महत्वबारे भर्खरै मात्र थाहा भएको हो । यो ठाउँ धार्मिक क्षेत्र हो । रेम्पोछेले तपस्या गरेको स्थल हो । यहाँका पूराना लामा गुरुहरुसँग सोधपुछ गर्दा पनि उनीहरुले बाघभैरवको धार्मिक महत्वबारे बताए ।’ 

अहिले बाघभैरवको शिलाको मर्मतको लागि काम गरिरहेको बताउँदै बकेले आफूले, स्थानीय पालिका र स्थानीय जनताको समेत लगानीमा पाटी निर्माण भइरहेको जानकारी दिए । मन्दिरमा घण्टी, बत्ति बाल्ने दियो पनि राखिएको छ । २०७२ को विनाशकारी भूकम्पले बाघभैरवको शिर खसेकोले स्थानीयहरु मिलेर शिरलाई पहिलाको जस्तै राख्न नसके पनि फलामको च्यानल बनाएर अड्याउने काम भएको उनले बताए । 


बाघभैरवमा स्थानीयले वैशाख र मंसिर पूर्णिमामा बली पूजा गर्ने गर्छन् । शनिबार र आइतबार काठमाडौंलगायतका ठाउँबाट सो ठाउँ दर्शन गर्न मानिसहरु आउने गर्छन् । पशुपतिनाथ, लुम्बिनीलगायतका धार्मिकस्थलहरु घुम्न आउने विदेशी पर्यटकलाई बाघभैरवमा ल्याउन सके सो ठाउँको विकासमा समेत ठूलो योगदान पुग्ने बकेले बताए । 

Advertisement

Advertisement