मुन्दुम पदमार्ग, जहाँबाट देख्न सकिन्छ विश्वका आठ हजार मिटर अग्ला हिमालहरु

Advertisement

काठमाडौं । भोजपुर र खोटाङमा पर्ने पर्यटकीय गन्तव्य ‘मुन्दुम पदमार्ग’को निर्माण भएसँगै आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेको छ । 

गत वर्षको दशैं र तिहारमा मात्र तीन हजारदेखि चार हजार आन्तरिक पर्यटकहरुले मुन्दुम पदमार्गमा पदयात्रा गरेका थिए । भोजपुरका गायक तथा लेखक श्याम राईको संस्मराणात्मक कृति मुन्दुम ट्रेल पनि सार्वजनिक भएको छ । यसमा पदमार्गसँग जोडिएका संस्मरणात्मक निबन्धहरु समेटिएको छ । 

Advertisement

किताबमा मुन्दुम ट्रेलको परिकल्पना र विकास गर्दा भोगेका तीतामिठा अनुभूति समिटिएको उनले बताए । राईका अनुसार मुन्दुम पदमार्गको मुख्य आकर्षण नै प्राकृतिक वातावरण हो । टेम्के डाँडाबाट आठ हजार मिटर अग्ला छ वटा हिमालहरु देखिन्छ । सगरमाथा, चो ओयु, ल्होत्से, ल्होत्से सार, कञ्चनजङ्घा र मकालु हिमालहरु देखिने पर्वतारोहण क्षेत्रमा आवद्ध माउन्टन गाइडको भनाई छ । 

भोजपुरको तिम्मामा जन्मेहुर्केका उनले सानैदेखि संगीतमा रुची राख्थे । सुरुमा संगीतकार बन्छु भनेर लागेका राई पछि गीत पनि निकाले । हालसम्म उनले नेपाली र राई भाषामा तीन वटा एल्बम निकालिसकेका छन् । राईले कश्मिरदेखि कन्याकुमारीसम्म, मलेशिया, हङकङलगायत विभिन्न देशहरु घुम्ने  क्रममा आफूलाई पर्यटनको चेतना आएको बताए । 

उनस् भन्छन्, ‘जति पनि विभिन्न पर्यटकीय ठाउँहरु घुमे, त्यो भन्दा अझ राम्रो ठाउँहरु आफ्नै गाउँ भोजपुरमा छ भन्ने लागेपछि म गाउँको पर्यटन प्रवर्द्धनतर्फ लागेको हुँ । त्यसले गाउँको आयआर्जन गर्न सकिने रहेछ भनेर एक्लै गाउँका विभिन्न क्षेत्रमा जान थाले । फोटोहरु खिचें । वृत्तचित्रहरु पनि बनाए ।’

मुन्दुम पदमार्गको केन्द्रमा मैयुङ डाँडा पर्छ । त्यहाँ २०७४ सालमा मैयुङ हाँसपोखरी महोत्सव आयोजना भएको बताउँदै राईले महोत्सवले यस क्षेत्रको पर्यटनको जग बसाउने काम गरेको दावी गरे । उनले भने, ‘हामीले सन् २०१७ मा मुन्दुम ट्रेललाई अन्वेषण गर्यौं । पूर्व क्षेत्रमा सगरमाथा आधार शिविरमा पदयात्रा गर्न जाने पर्यटकहरु बढेको छ । सगरमाथा आधार शिविरपछि सबैभन्दा चल्तीको टे«क अहिले मुन्दुम ट्रेल भएको मलाई लाग्छ । आन्तरिक पर्यटकहरु यति धेरै आउन थालेका छन् ।’

राईले गायन क्षेत्रपछि आफ्नो थाकथलोमा पर्यटनको सपना देख्न थाले । उनको र मैयुङ टेम्के साल्पासिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको पहलमा मुन्दुम ट्रेलको स्थापना भई सरकारले भ्रमण बर्ष २०२० को घुम्नैपर्ने सय गन्तव्यमा पर्न सफल भएको छ । पुस्तकमा पदमार्गसहित किरात मुन्दुमी मिथकहरु, पूर्वी नेपालमा बसोबास गर्ने किरातीको मौलिक संस्कार संस्कृति पनि समावेश गरिएको छ । मुन्दुमीहरुको आदिमथलो टेम्के, मयुङ, हाँसपोखरी, हुँदै साल्पा सिलुचङको यात्रा बारेमा पुस्तकमा राखिएको उनले बताए । 

राईले आफनो सांगीतिक यात्रा भोजपुरबाट काठमाडौं आएर सुरु गरे । उनले २००८ मा आफ्नो पहिलो एल्बम बजारमा ल्याएका हुन् । यसरी राईको व्यवसायिक सांगीतिक यात्रा सुरु भयो । त्यसपछि उनले २०११ मा अर्को एल्बम निकाले ‘साईमा’ । त्यसमा भोजपुरको पर्यटकीय स्थल सुन्तले डाँडा समेटेर तामाङ सेलो गीत बनाए, ‘मैइचाङ हो मैइचाङ घुम्न जाउन सुन्तले डाँडामा ।’ 

अहिले सुन्तले डाँडा भोजपुरको चलेको पर्यटकीय गन्तव्यको बनेको छ । मुन्दुम पदमार्ग पनि त्यही रुट भएर जान्छ । धरान, धनकुटा, विराटनगरदेखि पर्यटकहरु भोजपुर आउँछन् । सो ठाउँमा होमस्टेहरु पनि रहेको राईले बताए । पदयात्रा गर्दै जाँदा किरातीहरुको जीवनशैली देख्न पाइन्छ । 

मुन्दुम पदमार्गलाई सिमि एडभेन्चर पनि भन्छि भन्दै उनले थपे, ‘हिमाल तिर जाने एडभेन्चर पनि भएन् । सजिलो पनि छैन् । युवायुवतीदेखि वृद्धावृद्धासम्मले पनि हिँडेर जान सक्छ भन्ने हामीलाई लाग्छ । किनभने त्यहाँ ठूलो ठूलो अग्लो उकालो पनि छैन्् । विस्तारै गफ गर्दै पनि पुग्न सकिन्छ । 

Advertisement

Advertisement