नेपाल लिकर्सले गर्यो रु. १५२ करोडको व्यापार, स्वदेशी मदिराको लोकप्रियता बढ्दो, आयात घट्दो

Advertisement

काठमाडौं । नेपाल लिकर्स प्रा.लि.ले सन् २०२२ मा एक अर्ब ५२ करोड रुपियाँको व्यापार गरेको छ । कम्पनीको यो इतिहासमै ठूलो व्यापार हो । 

उसले सन् २०२१ मा एक अर्ब ५० करोडको व्यापार गरेको थियो भने सन् २०१९ मा एक अर्ब १६ करोड रुपियाँको व्यापार गरेको थियो । 

Advertisement

सरकारले मदिरामा एकोहोरो कर बढाउँदा बजार विस्तारमा भने धक्का लागेको कम्पनीको भनाई छ । भारतमा भन्दा नेपालमा कर निकै बढी हुँदा नेपाली मदिराले प्रतिस्पर्धा गर्न नसकेको मदिरा व्यवसायीहरुले बताउने गरेका छन् । नेपालमा रहेका अधिकांश बहुर्राष्ट्रिय कम्पनी भारतमा पनि सञ्चालित छन् । यसले नेपाली कम्पनीको बजार विस्तारमा असहजता थपेको उनीहरुको भनाई छ । 

नेपाल लिकर्सले एन्टिक्विटि, सिग्नेचर, म्याक्डोनाल्ड नम १, ब्लू रिबान्ड, जिन, रोयल च्यालेन्ज जस्ता मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीका सञ्चालक राजेशवीर सिंह तुलाधर हुन् । सन् १९८२ मा स्थापना भएको यो कम्पनी नेपालको सबैभन्दा पूरानो पनि हो । 

भारतबाट चोरी पैठारी गरी भित्राइएका र नक्कली मदिराले स्वदेशी मदिरा उद्योगहरुलाई निकै प्रभाव पारिरहेको बेला पनि आफूहरुले सन्तोषजनक व्यापार गरेको नेपाल लिकर्सको भनाई छ ।  रेटिङ एजेन्सी इन्फोमेरिक्सले भने पछिल्लो समय नेपाली मदिराले विदेशी मदिरालाई विस्थापित गर्दै जान थालेको देखिएको बताएको छ । 

विश्व बैंकको सन् २०१८ को तथ्यांकअनुसार नेपालमा प्रतिव्यक्ति मदिराको प्रयोग दुई लिटर रहेको छ । दक्षिण एसियामा भने प्रतिव्यक्ति चार लिटर रहेको छ । यसले नेपाली मदिराको लोकप्रियता बढ्दै गएको संकेत दिने इन्फोमेरिक्सको भनाई छ । 

इन्फोमेरिक्सले नेपाल लिकर्सलाई एक अर्ब ७७ करोड रुपियाँ ऋणको लागि स्वीकृति दिएको छ । दिर्घकालिन ऋण सुविधाका लागि कम्पनीलाई ९१ करोड ऋण बैंकले दिन सक्नेछ, जसमा उसले बीबी ऋणात्मक रेटिङ पाएको छ । यस्तै छोटो अवधिका लागि ८६ करोड रुपियाँ ऋणको लागि ए४ रेटिङ पाएको छ ।  

Advertisement

Advertisement