बीमा क्षेत्रमा ‘क्यास ब्याक’को नाममा ठूलो विकृति, विशेषगरी मोटरसाइकल शोरुमहरुको साथ

Advertisement

काठमाडौं । उधारो बीमाको समस्या पूर्णरुपमा समाधान हुन नपाउँदै नगद फिर्ता (क्यास ब्याक)को समस्या जटिल बनेर आएको छ । नेपाल बीमा प्राधिकरणले यसलाई बीमा क्षेत्रको नयाँ रोगको रुपमा लिएको छ । 

‘क्यास ब्याक’को समस्या जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रमा रहे पनि प्राधिकरणले भने निर्जीवन बीमामा यो समस्या बनेको स्वीकार गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ‘क्यास ब्याक’ बीमा क्षेत्रमा नयाँ विकृतिको रुपमा देखा परेको बताए । 

Advertisement

लुकिछिपी यस्तो कार्य हुने गरेको बताउँदै उनले भने, ‘बीमा कम्पनीहरुले बीमितलाई बीमा गराउन लोभ्याउने अनि अनावश्यक रुपमा क्यासब्याक दिने गरेको सुनिसकेका छौं । यसमा हामीले अध्ययन पनि गरिरहेका छौं । विशेषगरी मोटरसाइकल शोरुमबाट ‘क्यास ब्याक’ अधिक मात्रामा हुन थालेको छ । रोक्किएन भने यस्ता शोरुमहरुलाई पनि ठाउँको ठाउँ कारबाही हुन्छ ।’

यद्यपी पौडेलले उनीहरुलाई कस्तो कारवाही हुन्छ ? स्पष्ट खुलाएनन् । उनले मोटरसाइकल शोरुमहरुमा आफूहरुले स्थलगत निरीक्षण गर्ने पनि बताए । यता जीवन बीमा कम्पनीहरुले असार महिनामा बीमाशुल्क अशुल्ने तरिका अन्य महिनाको भन्दा भिन्दै छ । बीमितको आवश्यकताअनुसार बीमाशुल्क उठाउनेभन्दा बीमा कम्पनीको वित्तीय विवरण राम्रो देखाउनका लागि मात्रै व्यवसाय केन्द्रित हुन थालेको प्राधिकरण स्रोतको भनाई छ । 

प्राधिकरणले ‘क्यास ब्याक’को सन्दर्भमा बीमा कम्पनीहरु आफै सचेत रहनुपर्ने भन्दै त्यता गतिविधि पत्ता लागेमा बीमा कम्पनीहरु आफै सजायको भागिदार हुनुपर्ने चेतावनी दिएको छ । नियामकको हिसाबले बीमा बजार सुधारका लागि आफूहरुले बीमा कम्पनी मात्र नभई आवश्यकता बदमासी हुने स्थलसम्म पुग्न आफूहरु बाध्य हुने कार्यकारी निर्देशक पौडेलले बताए । उनले चार पाङ्ग्रे सवारी साधन र अन्य गाडीहरुको बारेमा भने हालसम्म कुनै पनि उजूरी नआएको बताए । 

आफ्ना नजिकका बीमितहरुको बीमा गराई उनीहरुलाई अनावश्यक रकम फिर्ता दिएका बीमा कम्पनीहरुले आफ्ना कार्यालय प्रयोजनका अन्य खर्चको शीर्षकमा सो रकम मिलाउने गरेको पाइएको हो । त्यसरी एउटा शीर्षकको खर्च अर्को शीर्षकमा हाल्नु गैरकानुनी र गैरव्यवसायिक कार्य भए पनि कम्पनीहरुबाट ‘लुप होल’को फाइदा उठाउँदै लुकिछिपि यस्तो कार्य गर्ने गरेको प्राधिकरणको भनाई छ । 

Advertisement

Advertisement