निक्षेपकर्ताको एसोसिएशन छैन भन्दैमा धेरै पेल्नु हुन्नः डेपुटी गभर्नर ढुंगाना

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले निक्षेपकर्ता कमजोर हुने भएकाले धेरै पेल्न नहुने बताएकी छिन् । 

नेपाल वित्तीय संस्था कर्मचारी संघले आगामी मौद्रिक नीति विषयमा आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । 

Advertisement

उनले भनिन्, ‘सबैतिर एसोसिएसन देखिन्छ तर डिपोजिटरको एशोसियसन हुँदैन । त्यसकारण निक्षेछेपकर्तालाई धेरै पेल्नु हुँदैन ।’

‘अर्थतन्त्रमा केही समस्याहरु छन् । वित्तीय क्षेत्रको विस्तार तीब्र छ । मूल्य बृद्धिमा चाप बढे पनि धेरै माथी जाने अवस्था छैन । व्याजदर मंहगी दर भन्दा कम हुनु हुँदैन । पूँनी बजार दीर्घकालीन सोचमा जानुपर्छ । सहकारी क्षेत्रमा पारदर्शिता नभएका कारण समस्या बढेको छ ।’, उनको भनाई छ ।  

उनले भनिन्, ‘न्यून तरलता र अधिक तरलताको विषयमा राष्ट्र बैंक सजग छ । ब्याजदर थोरै भए पूँनी पलायन हुने जोखिम  हुन्छ ।’ 
 

Advertisement

Advertisement