विगत ४५ बर्षमा ३८ वटा हेलिकप्टर दुर्घटना, मन्त्रीहरुसहित ९२ जनाको मृत्यु

Advertisement

काठमाडौं । विगत ४५ बर्षमा नेपालमा ३८ वटा हेलिकप्टर दुर्घटना भएका छन् । आज मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनासहित कुल संख्या ३८ भएको हो । 

पहिलो पटक सन् १९७९ मा पहिलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा छ जना विशिष्ट व्यक्तिहरुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणमा देखिए पनि उनीहरु को को थिए ? खुलाइएको छैन् । 

Advertisement

पछिल्लो दुर्घटना सोलुखुम्बुको लिखुपिके– ५ लामजुरामा आज हेलिकप्टरका क्याप्टेन र पाँच जना विदेशी पर्यटकको ज्यान गएको छ । हिमाली दृश्यावलोकन गर्दै काठमाडौं आउने गरी  लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।  

आज मृत्यु भएकासहित हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । कोरोना महामारीका कारण सन् २०२० देखि २०२२ सम्ममा आपतकालिनबाहेक खासै उडान नभएकाले कुनै हेलिकप्टर दुर्घटना हुन नपाए पनि बाँकी पछिल्ला बर्षहरुमा दुर्घटना हुँदै आएको देखिन्छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मनाङ एयरको मात्रै अहिलेसम्म तीन वटा हेलिकप्टर दुर्घटना भइसकेको छ । यसअघि सन् २०१८ अगस्ट १४ मा हुम्लाको हिल्सा र २०१९ अप्रिल १४ मा लुक्ला एयरपोर्टमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएका थिए । हुम्लाको दुर्घटनामा एक जनाको ज्यान गए पनि लुक्लामा भने मानवीय क्षति भएन् । 

हालसम्मका हेलिकप्टर दुर्घटनाहरुमध्ये ताप्लेजुङको घुन्सामा भएको श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको थियो थियो । उक्त दुर्घटनामा राज्यमन्त्रीसहित पर्यावरण क्षेत्रमा विशिष्ट व्यक्तिहरुको ज्याज गएको थियो । 

वि.सं. २०७५ सालमा एयर डायनाष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा तत्कालिन पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना हुँदा अधिकारी, यती एयरलाइन्सका प्रमुख आङछिरिङ शेर्पालगायतको मृत्यु भएको थियो । त्यसअघि २०५२ साउन २९ गते बाढी प्रभावित क्षेत्र अवलोकन गर्न जाने क्रममा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी चढेको हेलिकप्टर बाँकेको राप्ती नदीको किनारमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा कसैको पनि ज्यान भने गएन् । घाइते भएका अधिकारीलाई उद्दार गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर उपचार गरिएको थियो । 

विवरणअनुसार फिस्टेल एयरको हेलिकप्टर आठ वटा, सिम्रिक एयर चार वटा, श्री एयरलाइन्स दुई वटा, नेपाल एयरवेज एउटा, भीभीआईपी दुई वटा, हिमालयन हेलिकप्टर एउटा, कर्णाली एयर चार वटा, गोर्खा एयरलाइन्स एउटा, एशियन एयरलाइन्स तीन वटा, मनकामना एयरवेज एउटा, एयर अनन्या एउटा, एयर डायनास्टि हेली सर्भिस दुई वटा, माउन्टेन हेलिकप्टर एउटा, अल्टिच्युट एयर एउटा र एयर डायनास्टि एउटा दुर्घटना भएको देखिन्छ । 

यस्तो छ विवरणः

Advertisement

Advertisement