फेसन डिजाइनरहरुको नयाँ संस्था खडा, अध्यक्षमा धाख्वा, नेपाली संस्कृति पनि प्रवर्द्धन गरिने

Advertisement

काठमाडौं । फेसन डिजाइनर सेन्टर स्थापना भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फेसन डिजाइनरहरुको हकहित र विकासका लागि यो संस्था बनाउने निर्णय गरिएको हो । 

सेन्टरको नवगठित कार्यकारिणी समितिको अध्यक्षमा राजेश धाख्वा, उपाध्यक्षमा सरिता तुलाधर, महासचिवमा मुक्ता श्रेष्ठ, सचिवमा रमिला नेमकुल, कोषाध्यक्षमा अनु श्रेष्ठ, सदस्यहरूमा मिशु श्रेष्ठ, सुष्मा सिंह, मनिश राई र बिनि बज्राचार्य छन् ।

Advertisement

नवनिर्वाचित अध्यक्ष राजेश धाख्वाले फेसन उद्योग, फेसन व्यापार, फेसन शिक्षाको विकास, यस क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासका लागि भूमिका निर्वाह गर्ने बताए । 

उनले फेसन व्यवसायसँग सम्बन्धित संस्था र विशेषज्ञहरुलाई सेन्टरमा एउटै छानामुनी समेटेर फेसन डिजाइन उद्योगलाई अझ सशक्त बनाउने र उनीहरुको अधिकार र हकहितको रक्षा गर्ने आफूहरुको योजना रहेको बताए ।  

संस्थाकी उपाध्यक्ष सरिता तुलाधरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत व्यवसायीक आवद्धता तथा सक्रिय उपस्थिति जनाइ नेपाल र नेपालीको इज्जत, मान, प्रतिष्ठाको अभिवृद्धि गराउन यो संस्था स्थापित भएको बताइन ।

सचिव रमिला नेमकुलले नेपालमा फेसन डिजाइन उद्योगको विकास र विस्तार गर्दै जाने क्रममा नेपाली समाज र संस्कृतिलाई पनि संयोजन गरेर लैजान सेन्टरले सशक्त भूमिका खेल्ने आशा व्यक्त गरिन् । 

Advertisement