वाणिज्य बैंकहरुले सार्वजनिक गरे ब्याजदर: कुनले बढाए, कुनले घटाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् । 

लामो समयदेखि सहमतिमा ब्याजदर निर्धारण गर्दै आएका बाणिज्य बैंकहरुले साउन महिनाका लागि आ–आफ्नै हिसावले ब्याजदर निर्धारण गरेका हुन् । 

Advertisement

नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसावले ब्याजदर निर्धारणका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै असार महिनाको तुलनामा साउनमा केही बैंक बढाएका र केहीले घटाएका छन् । 

असार महिनामा बैंकहरुले व्यक्ति मुद्दती निक्षेपमा ९.९९ प्रतिशत , संस्थागत मुद्दती निक्षेपको ७.९९ प्रतिशत तथा बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए । निक्षेपको ब्याजदर परिवर्तन गर्दा औषतमा १० प्रतिशतले घटाउन वा बढाउन सक्ने प्रावधान छ ।

बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार एनएमबि बैंकले सबैभन्दा बढी व्यक्तिगत निक्षेपमा १०.९८ प्रतिशत र संस्थागत निक्षेपमा ८.९८ प्रतिशत ब्याज दिने भएको छ । 

सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थाग मुद्दती निक्षेपमा ८.९५ र व्यक्तिगत मुद्दती निक्षेपमा ६.९५ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । 

कुन बैकको ब्याजदर कति ? 


  
 

Advertisement