‘उनको स्वीटर’ चलचित्र निर्माण हुने

Advertisement

काठमाडौं । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर’को निर्माण घोषणा गरिएको छ ।

आईतबार आयोजित एक कार्यक्रममा काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरियो । 

Advertisement

अन्य भइरहने फिल्मी कार्यक्रमभन्दा पृथक शैली अपनाईएको यस कार्यक्रममा सुजन चपागाईंले फिल्मको शीर्ष गीत गाएका छन् ।  

आर्टमान्डु मिडियाले निर्माण गर्न लागेको यस फिल्मलाई नवीन चौहानले डेब्यू निर्देशन गर्दैछन् । निर्देशक नवीन गीति कथामा म्यूजिक भिडियो बनाउने कुरामा अब्बल निर्देशक मानिन्छन् ।

नवीनले प्रायः जसो सुजन चापागाईंका गीतहरुलाई बढी निर्देशन गरेका छन् । आगामी मंसिरदेखि फ्लोरमा जाने भएका कारण उनले म्यूजिक भिडियो निर्देशनको कार्यलाई तत्काल रोकेको जानकारी समेत दिए । यो प्रोजेक्टमा निर्देशक नवीनको कोर टिमका गायक सुजन चापागाईंको संगीत रहने छ भने लिरिक्स लेखन हर्क साउदको रहने छ ।

कलाकारहरुमा छक्का पञ्जा ४ मा अभिनेता राज आचार्यको जोडी बनेर खेलेकी अभिनेत्री परिक्षा लिम्बु र फुलथुंगे रानी गीतका मोडल एलेक्स विश्वकर्मा पारसलाई अर्को जोडीका रुपमा प्रस्तुत गरिने छ । जानकारी अनुसार अन्य काष्टिङ भने विस्तारै छनौट गरिनेछ । फिल्मलाई चिन्तन राजभण्डारीले छायाँकन गर्नेछन ।

Advertisement

Advertisement