नर्वेकी आरोही क्रिस्टिन र शेर्पा गाइड तेन्जेनद्वारा गाशरब्रम-१ को सफल आरोहण

Advertisement

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिलाले शेर्पा गाइड तेन्जेन (लामा) शेर्पासँग गाशरब्रम–२ (८,०३४ मि.) को सफल आरोहणपछि गाशरब्रम–१ (८०८०मि.) को सफल आरोहण गरेकी छन् । 

पाकिस्तानमा रहेको यो हिमालको हरिला र तेन्जेनले आज बिहान पाकिस्तान समयअनुसार बिहान ५ः१० बजे आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।  

Advertisement

उक्त हिमालसँगै हरिलाले शेर्पा गाइड तेन्जेनसँग विश्वको आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरुमध्ये १२ वटा हिमालहरुको सफलतापूर्वक आरोहण गरेकी छन् । हरिलाले शेर्पा गाइड तेन्जेन शेर्पा र शेर्पा गाइड मिङ्तेम्बा शेर्पासँग उक्त हिमालको सफल आरोहण गरेकी हुन् । 

आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेकी हरिला र तेन्जेनले तीमध्ये दुई वटा हिमालहरु आरोहण गर्न बाँकी रहेको छ । 

क्रिस्टिन र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१

हिमालको सफल आरोहण गरेका छन् । अब पाकिस्तानमा रहेको केटु र ब्रोडपिकको आरोहण गर्न बाँकी छ । 

 

 

 

Advertisement

Advertisement