गासरब्रम– १ चढ्ने सबैभन्दा कान्छो आरोही बने निमा

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको ११ औं अग्लो हिमाल गासरब्रम–१  (८,०८० मिटर) आरोहण गरेका छन् । उनी गासरब्रम–१ आरोहण गर्ने विश्वमै सबैभन्दा कान्छो आरोही पनि बनेका छन् । 

शेर्पाले मगलबार पाकिस्तानको स्थानीय समयअनुसार बिहान ६ः१० मिनेटमा यो  हिमाल चढेको सेभेन समिट ट्रेक्सले जानकारी दियो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने उनको लक्ष्य रहेको कम्पनीको भनाई छ । 

Advertisement

शेर्पाले यसअघि मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से, नङ्गा पर्वत र गासरब्रम– २ गरी छ वटा हिमाल आरोहण गरिसकेका छन् । 

उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही पनि बनेका हुन् । त्यस्तै, शेर्पाले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही पनि बनेका थिए ।

Advertisement

Advertisement