डिशहोममा नयाँ २१ वटा फिल्मको मेला

Advertisement

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।  

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, भिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । 

Advertisement

सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने जनाइएको छ । 

यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् । 

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नम्बर १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।  

Advertisement

Advertisement