नयाँ चलचित्र पञ्चामृतमा आँचल शर्मा मुख्य नायिका

Advertisement

काठमाडौं । नयाँ चलचित्र  ‘पञ्चामृत’मा  मुख्य नायिका आँचल शर्मा फाइनल भएकी  छन् । चलचित्र ‘पञ्चामृत’ मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको हो । 

ढकालका अनुसार चलचित्रको विषय वस्तुअनुरुप आँचल शर्मा  र धीरज मगरको  जोडी बाधिने घोषणा गरेका हुन् ।  यस चलचित्रमा यी दुई पात्र मुख्य भूमिकामा देखिने छन् । 

Advertisement

चलचित्रमा सौगात मल्ल भने पहिला नै घोषणा भएका थिए । फरक फरक अभिनयमा देखिँदै आएका सौगात ‘पञ्चामृत’मा नयाँ भूमिका देखिने भएका छन् । 
 
यस  चलचित्रमा उत्तम प्रधान, निरुता सिंह, बिपना थापा जस्ता पुराना कलाकारहरुको पनि अभिनय रहने  छ । पञ्चामृत भदौ तेश्रो हप्तादेखि छायांकन सुरु हुने जनाइएको छ । 

पञ्चामृतको केही प्रतिशत छायाँकन यूरोपका देशहरुमा हुनेछ । यो चलचित्र दुई सिरिजमा बन्ने ढकालले बताए । 

Advertisement

Advertisement