‘कार्साङ’मा विश्व कीर्तिमानी छिरिङ

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी छिरिङ शेर्पाले ‘कार्साङ’ नामक चलचित्रमा मुख्य नायिकाको भूमिका निर्वाह गर्ने भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नवनायिकाको रुपमा छिरिङ अनुवन्धित भएकी हुन् ।

डान्सिङ स्टार सिजन दुईकी विजेता तथा सबैभन्दा धेरै उचाईमा जोडी नृत्य गरेर विश्व कीर्तिमान कायम गरेकी छिरिङले रजतपटमा डेब्यु गर्ने भएकी छन् ।

Advertisement

छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । यार्सा फिल्मको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’मा छिरिङ र दयाहाङ राई जोडीका रुपमा देखिने भएका छन् । 

थुप्रै   चर्चित चलचित्रमा सफल नायक दयाहाङ राईको छिरिङ सँगको चलचित्र भने पहिलो हो । मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ यसअघि नै चलचित्रका लागि फाइनल भइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्म बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ । शेर्पा जातिको सामाजिक कथा वस्तुमा निर्माण हुन लागेको  यस चलचित्रमा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने र बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने निर्देशक शेर्पाले बताए ।  

Advertisement

Advertisement