विश्व कीर्तिमानी मिङ्मा डेविडद्धारा छैठौं पटक केटु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले विश्वको दोस्रो अग्लो शिखर (८,६११ मिटर) केटु हिमालको छैठौं पटक सफल आरोहण गरेका छन् । उनले यसअघि केटु हिमालको पाँचौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । 

पाकिस्तानमा रहेको केटु हिमालको शेर्पाले आज पाकिस्तानी समय अनुसार बिहान  ११ः५० बजे सफल आरोहण गरेको कपोरेट नेपाललाई जानकारी दिए । शेर्पाले पाँचौं पटक आरोहणको क्रममा गिनिज वर्ल्ड रेकर्डमा तीन वटा विधामा नाम लेखाउन सफल भएका थिए ।  गत वर्षको सिजनमा केटु हिमाल पाँचौं पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोडेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् भने केटु विन्टर एक्स्पिडिशन (जाडो याममा आराहण गरेको) र सबैभन्दा छिटो सगरमाथा र केटु शिखरमा पुगेका थिए । 

Advertisement

उनले केटुको चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरी केटु स्पीड ब्रेकर च्यालेन्ज पनि पूरा गरेका थिए । शेर्पाले आफ्नो छैठौं पटक केटु हिमाल आरोहणमा ‘क्लिन एज यू गो’ र ‘लिभ नो ट्रेक्स पोलिसि’ अभियान पनि चलाउन लागेका केटु हिमाल आरोहणमा जानुअघि कर्पोरेट नेपाललाई बताएका थिए । 

शेर्पा विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोही हुन् ।

Advertisement

Advertisement