नेपाल ल्युबले गर्यो डिलर मिट, करण चौधरीले भने-'समस्याहरुबाट बच्न बलियो रणनीति आवश्यक'

Advertisement

काठमाडौं । गल्फ लुब्रिकेन्टको उत्पादक एवम् वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । 

धुलिखेलमा सम्पन्न उक्त दुई दिने कार्यक्रममा नेपाल भरीका करिब ५० भन्दा धेरै डिलर र नेपाल ल्युब आयलका प्रतिनिधिहरुले उपस्थिती जनाएका हुन् ।

Advertisement

कार्यक्रममा देश आर्थिक मन्दीबाट गुज्रिएको र डिलरहरुले सामना गर्नु परेका समस्याहरुका बारेका छलफल गरिएको थियो । कार्यक्रममा आगामी दिनमा अघि बढ्नका लागि वृहद रोड म्याप तयार गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘आफ्नो भन्दा पनि समग्रमा बाह्य रुपमा परेको असरले देशका अन्य उद्योगहरु पनि समस्यामा परेका छन् । त्यस्तो परिस्थीतीमा अझै पनि सुधार आउने केही छाँटकाट देखिएको छैन । आगामी दिनमा त्यस्ता समस्याहरुबाट बच्न बलिया रणनीतिहरुको आवश्यकता छ । सबैजनाको ऐक्यवद्धता यसमा आवश्यक छ ।’  

गल्फ लुम्ब्रिकेन्ट नेपालमा मात्र नभई अन्तराष्ट्रिय रुपमा समेत परिचित रहेको कार्यक्रममा जानकारी दिइयो ।

Advertisement

Advertisement