वाणिज्य बैंकहरुमा निक्षेप ४ अर्ब घट्दा १ अर्ब घट्यो कर्जा लगानी, सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ४ अर्ब घट्दा कर्जा लगानी १ अर्बले घटेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १० गते बुधबार निक्षेप ४५ खर्ब ४५ अर्ब छ । अघिल्लो दिन मंगलबार ४५ खर्ब ४९ अर्ब थियो । 

Advertisement

त्यस्तै साउन १० गते बाणिज्य बैंकहरुको कर्जा लगानी ४२ खर्ब ९० अर्बमा झरेको छ । अघिल्लो दिन ४२ खर्ब ९१ अर्ब थियो । 

त्यस्तै गत बुधबार बैंकिङ प्रणालीमा कूल ५६ अर्ब १७ अर्ब निक्षेप छ भने अघिल्लो दिन ५६ खर्ब २१ अर्ब थियो । 

अन्तर बैंक ब्याजदर घटेर ६.०५ प्रतिशत मा झरेको छ । अघिल्लो दिन गत मंगलबार ६.२० प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.२७ प्रतिशत कामय भएको छ भने अघिल्लो दिन गत मंगलबार ८३.२१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।    


 

Advertisement

Advertisement