वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा १-१ अर्बले घट्यो, अन्तरबैंक ब्याजदर कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब घट्दा कर्जा लगानी पनि १ अर्बले नै घटेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन १३ गते शनिबार निक्षेप ४९ खर्ब ४५ अर्ब छ । अघिल्लो दिन शुक्रबार ४५ खर्ब ४६ अर्ब थियो । 

Advertisement

त्यस्तै साउन १३ गते बाणिज्य बैंकहरुको कर्जा लगानी ४२ खर्ब ८४ अर्बमा झरेको छ । अघिल्लो दिन ४२ खर्ब ८५ अर्ब थियो । 

त्यस्तै गत शनिबार बैंकिङ प्रणालीमा कूल ५६ अर्ब १६ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १८ अर्ब थियो । 

अन्तरबैंक ब्याजदर घटेर ५.८३ प्रतिशतमा झरेको छ । अघिल्लो दिन  पनि ५.८३ प्रतिशतनै प्रतिशत थियो ।

सीडी रेसियो बढेर ८३.१६ प्रतिशत कामय भएको छ भने अघिल्लो दिन शुक्रबार ८३.०९ प्रतिशत थियो । 

Advertisement

Advertisement