सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक पदमा आवेदन खुला

Advertisement

काठमाडौं। सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक पदको लागि आवेदन खुला भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अन्तर्गत रहेको कोषले मंगलबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

आवेदन सूचना प्रकाशित भएको २१ दिनभित्र दिइसक्नु पर्नेछ । सामाजिक सुरक्षा ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा नियामावली, २०७५ तथा कार्यकारी निर्देशक छनोट पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सम्बन्धि नियामावली २०७६ बमोजिम शैक्षिक योग्यता र अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछ ।

Advertisement

आवदेन वेसाइटबाट डाउनलोड गरी कोषको केन्द्रिय कार्यालय बबरमहलमा बुझाउनु पर्नेछ ।

हालका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीको कार्याकाल सकिएपछि सरकारले आवेदन खुला गरेको हो । आवेदन​ परेका मध्ये मन्त्रालयले गठन गरेको छनोट समितिले ३ जनाको नाम मन्त्रीपरिषदमा पेश गर्नेछ । मन्त्रिपरिषदको बैठकले एक जनालाई कार्यकारी निर्देशकको जिम्मा दिनेछ ।

Advertisement

Advertisement