जापानको बेरोजगारी दर २.५ प्रतिशत कायम

Advertisement

टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २।६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको छ ।

Advertisement

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे महिनामा रोजगारीको उपलब्धता अनुपात ०.०१ प्रतिशत बिन्दुले घटेर १.३० मा झरेको जनाएको छ ।

यो अनुपात कामको खोजीमा प्रति १०० मानिसको लागि १३० उपलब्ध रोजगारको बराबर छ ।

जुन महिनामा कूल बेरोजगारको सङ्ख्या १७ लाख ९० हजार पुगेको मन्त्रालयले जनाएको छ ।तीमध्ये आफ्नै इच्छाले काम छोड्नेको सङ्ख्या एक प्रतिशतले घटेर सात लाख १० हजार मा झरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कामबाट बर्खास्त हुनेको सङ्ख्या अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले घटेर चार लाख ७० हजारमा झरेको छ । रासस/सिन्ह्वा

Advertisement

Advertisement