विदेशीले नेपालमा बीमा गर्दा कम्पनीहरुलाई गणनाको चिन्ता, कुनै समस्या छैन्ः प्राधिकरण

Advertisement

काठमाडौं । विदेशीले नेपालमा बीमा गर्ने कुरालाई बीमा कम्पनीहरुले समस्याको रुपमा औंल्याएको छ । विशेषगरी गैरआवासीय नेपालीहरुको बीमा गर्दा गणना गर्न नपाइने कुरालाई देखाएर कम्पनीहरुले समस्या औंल्याएका हुन् । 

यता नेपाल बीमा प्राधिकरणले विदेशीले नेपालमा बीमा गर्ने कुराले समस्या नबनाएको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विदेशी विदेशी वा गैरआवासीय नेपालीले नेपालमा पनि दोहोरो बीमा गर्दा कुनै विवाद नरहेको र ठूलो समस्या पनि नभएको बताए । 

Advertisement

उनले कसैले नेपालमा र विदेशमा बीमा गर्दा बीमा ऐन नियमले कुनै बाधा सिर्जना पनि नगर्ने र समस्या पनि नहुने बताए । पौडेलले भने, ‘नेपालीले पनि विदेशमा गएर बीमा गर्न पाउँछन् । विदेशीले पनि नेपालमा आएर बीमा गर्न पाउँछन् । हाम्रो ऐनले नै त्यही बोलेको छ । तर, यसमा बीमा गराउने व्यक्ति बीमा गराउन योग्य हुनुपर्छ । बीमा कम्पनीहरुले पनि उनीहरुको जोखिमांकन (अन्डरराईटिङ) उचित ढंगले गरेको हुनुपर्छ । विदेशमा ‘विदेशी ल्याण्डलर्ड’ (त्यहाँको राष्ट्रिय नियमले जे भनेको छ, त्यही) सोहीअनुसार बीमा हुनेगर्छ ।’

एक जनाले एक देश वा ठाउँबाट मात्रै सावधिक जीवन बीमा गर्नुपर्छ भन्ने त्यस्तो कडा प्रावधान कतै नरहेको बताउँदै उनले थपे, ‘जम्मा दुई वटा कुरा महत्वपूर्ण छ । एउटा भनेको बीमा कम्पनीहरुले बीमितको आर्थिक अवस्थाको जानकारी राख्नुपर्छ । अर्को भनेको नेपाल बाहिर जाने नेपाली र विदेशबाट नेपाल आउने विदेशीको स्वास्थ अवस्था बीमा गर्न योग्य हुनुपर्छ ।’

यता बीमा कम्पनीहरुका अनुसार गणनाको कुरा मात्रै नभएर कुनै पनि नेपालीले बीमा गर्दा उसको नागरिकता, चालक अनुमतिपत्र, जन्मदर्ता वा सरकारको छाप भएको कुनै पनि आधिकारीक पत्र देखाए सहजै जीवन बीमा हुन्छ । तर विदेशीको हकमा भने नियम छैन् । उनीहरुको परिचय खुल्ने प्रमाण फरक फरक हुन्छ । केलाई मान्ने भन्ने समस्या छ । गैरआवासीय नेपालीको हकमा पनि त्यो समस्या छ । अर्को कुरा विदेशीहरुको नेपालमा बैंक खाता पनि हुँदैन् । 

नेपाली बैंकमा खाता भएका वा नेपालमा शाखा रहेका नेपाल एसबिआई जस्ता बैंकमा खाता रहेका भारतीयको सहजै बीमा हुने गरे पनि अन्यको हकमा भने समस्या हुने गरेको एक बीमा कम्पनीका सीईओले बताए । उनका अनुसार विदेशी एक व्यक्तिले सावधिक जीवन बीमा र म्यादी बीमा गर्न पाउने व्यवस्था सही भए पनि एउटै व्यक्तिले एउटै बीमा फरक फरक ठाउँबाट गर्न जरुरी नदेखिएको बताए । यदि गरिन्छ भने यो प्रक्रियागत त्रुटी हुने तर्क गर्दै ती सीईओले नियामक निकायले नै नवीन प्रोडक्ट बनाएर विदेशीलाई नेपालमा दोहोरो बीमा गर्न सहजीकरण गर्नुपर्ने बताए । 

Advertisement