‘मिस युनिभर्स’ प्रतियोगितामा आफूहरुलाई निर्वस्त्र हुन बाध्य पारिएको सुन्दरीहरुको गुनासो

Advertisement

काठमाडौं । इण्डिोनेसियामा आयोजित ‘मिस युनिभर्स’ प्रतियोगितामा आयोजकहरुले आफूहरुलाई निर्वस्त्र हुन बाध्य पारेको सहभागी सुन्दरीहरुले गुनासो गरेका छन् । 

उनीहरुले गत साता आयोजित प्रतियोगितामा आफूहरुलाई निर्वस्त्र हुन बाध्य पारेर यौन दुव्र्यवहार गरिएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका छन् । प्रतियोगितामा नेपालसहित धेरै देशका सुन्दरीहरु सहभागी थिए । 

Advertisement

उजुरी गर्ने केही सुन्दरीहरुले प्रतियोगिताको मुख प्रतिस्पर्धा हुनुभन्दा दुई दिनअघि शरीर जाँच्ने र तस्वीर खिच्ने नाममा कम्मरभन्दा माथि निर्वस्त्र हुन बाध्य पारेको भन्दै उजुरी दिएको बीबीसीले जनाएको छ । मिस युनिभर्सका लागि मुख्य प्रतिस्पर्धा यही गत अगष्ट ३ मा भएको थियो । 

आयोजकहरूले प्रतियोगीहरूको शरीरमा दाग, चाउरी परे जस्तो देखिनेगरी छालामुनि जमेको बोसो, ट्याटू भए नभएको जाँच गर्ने नाममा कम्मरमाथि नग्न हुन बाध्य पारेको उजुरी गर्ने सुन्दरीहरुका वकिलले खुलासा गरेका हुन् । पीडितहरुले यसबाट आफूहरुको अधिकार उल्लङ्घन भएको र मानसिक पीडा दिएको गुनासो गरेका छन् । 

पीडित सुन्दरीहरुको उजुरीपछि इण्डोनेसियाको एक टेलिभिजनले उनीहरुको अन्तरवार्ता समेत लिएको थियो । जकार्ताको प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । यौन दुव्र्यवहारको घटना बाहिर आएपछि आयोजक मिस यूनिभर्स अर्गनाइजेसन समस्यामा परेको छ । उसले आफूहरुमाथि लागेको आरोपलाई निकै गम्भीरतापूर्वक लिएको भन्दै आफूहरुले पनि छानविन थालेको बताएको छ । 

Advertisement