विभागको ‘अनलाइन’ सेवा अवरुद्ध हुँदा श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने

Advertisement

काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । 

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । 

Advertisement

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । 

अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।  यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए । 

Advertisement

Advertisement