राष्ट्रिय स्तरका विकास बैंकः लाभांश क्षमता र प्रतिशेयर आम्दानी कुनको कति ?

Advertisement

काठमाडौं । राष्ट्रिय स्तरका आठ विकास बैंक मध्ये लाभांश क्षमता सबैभन्दा बढी लुम्बिनी विकास बैंकको देखिएको छ । 

विकास बैंकहरुले हालै सार्वजनिक गरेको गएको वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार लुम्बिनी विकास बैंकको लाभांश क्षमता ११.६१ प्रतिशत रहेको छ । 

Advertisement

त्यसैगरी शाईन रेसुङ्गा, गरिमा, मुक्तिनाथ, महालक्ष्मी, सांग्रिला, ज्योति विकास र कामना सेवा विकास बैंकको लाभांश क्षमता क्रमशः ११.३६, १०.७४, १०.०३, ८.०६, ७.६२, ५.१८ र १.७७ प्रतिशत रहेको छ । 

त्यसैगरी तीन विकास बैंकको प्रतिशेयर आम्दानी बढेको छ भने पाँच वटाले अघिल्लो वर्ष भन्दा गएको वर्ष प्रतिशेयर आम्दानी घटाएका छन् । महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा बढी ११.२७ रुपियाँ घटेर रु. ११.२९ कायम भएको छ । 

गरिमा विकास बैंकले प्रतिशेयर आम्दानी रु. ०.९८ ले बढाएर रु. २३.४७, मुक्तिनाथले रु. ०.३४ ले बढाएर रु. २१.२४ र शाईन रेसुङ्गाले रु. १.२१ ले बढाएर रु. १८.३७ पुर्याएको छ । 

त्यसैगरी लुम्बिनीले रु. १.२९ ले घटाएर रु. १८.११, कामना सेवाले रु. ५.६४ ले घटाएर रु. १३.१४, ज्योति विकासले रु. ३.१२ ले घटाएर रु. १२.५८ र सांग्रिलाको प्रतिशेयर आम्दानी रु. ६.९९ ले घटेर रु. १०.५२ कायम भएको बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

गएको वर्ष मुक्तिनाथ, गरिमा र शाईन रेसुङ्गाले मात्रै नाफा बढाएर भने बाँकी पाँच वटाले गएको वर्ष अघिल्लो वर्षभन्दा नाफा घटाएका छन् ।

मुक्तिनाथ, गरिमा र शाईन रेसुङ्गा विकास बैंकको नाफा बढ्दा अरु पाँचको घट्यो (सूचीसहित) 


 

Advertisement